2 years ago
April 4, 2024
काठमाडौं (हाम्रो खेलकुद)- युएस ओपन कराते च्याम्पियनसिपकी स्वर्णसहित २ वटा पदक जितेकी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ अमेरिकामा सम्मानित भएका छन्।
अमेरिकाको टेक्ससको ह्युसटनमा नेपालीहरुले एरिका र आफूलाई सम्मानित गरेको प्रशिक्षक श्रेष्ठले जानकारी दिए। उनीहरुलाई १ हजार ५ सय अमेरिकी डलर सहित सम्मा गरिएको हो।
२८ मार्चदेखि अप्रिल १ सम्म टेक्ससमा भएको युएस ओपन कराते च्याम्पियनसिपमा एरिकाले १८ देखि २० वर्ष उमेर समूहको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी थिइन् । सिनियर ६८ केजी तौल समूहमा उनले रजत पदक प्राप्त गरेकी थिइन् ।
युए ओपनको अनुभवले एरिकाको आउने दिनका प्रतियोगिताका लागि सहयोग पुग्नर विश्वास आगामी प्रशिक्षक श्रेष्ठले लिएका छन् ।
‘युएस ओपन च्याम्पियनसिपको सफलताले थप हौसला मिलेको छ,’ प्रशिक्षक श्रेष्ठले भने, ‘ झन्डै तीन महिनापछि भुटानमा हुने आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिप प्रतियोगितालाई पनि सहयोग पुग्ने विश्वास प्रशिक्षक छ ।’
यसै वर्षको असोजमा चीनमा भएको १९ औं एसियाली खेलकुदमा एरिकाले रजत पदक जितेकी थिइन्। एसियाली खेलकुदमा नेपाली कराते खेलाडीले जितेको त्यो पहिलो रजत पदक हो । एरिका २० औं एसियाली खेलकुदको राष्ट्रिय टोलीको प्रशिक्षणमा संलग्न छिन्।
एरिकासँगै विप्लभलाल श्रेष्ठले युस ओपनमा भाग लिएका थिए भने टोलीमा अर्का प्रशिक्षक दीपक श्रेष्ठ थिए । प्रशिक्षक कुशल श्रेष्ठले आफू र एरिका अर्को साता स्वदेश फर्कने जानकारी दिए ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]