2 years ago
April 8, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुद (एसियाड) की रजत पदक विजेता कराते खेलाडी एरिका गुरुङ अमेरिकामा ९ लाख रुपैयाँ भन्दा बढि रकमसहित सम्मानित भएकी छिन्।
११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा एरिकालाई ७ हजार ११ अमेरिकी डलर (९ लाख ३२ हजार ४ सय ६३ रुपैयाँ) र प्रमाण पत्र सहित सम्मान गरिएको हो।

दुई महिनाअघि न्युयोर्कमा सुरु भएको च्याम्पिनसिप मार्सल आर्ट्समा नेपाली समुदायका बालबालिका लागि हरेक आइतबार निःशूल्क ताईची र छि गुंग कक्षा सञ्चालन गर्ने लामाले घोषणा गरेका छन्। च्याम्पियन्स मार्सल आर्ट्स काठमाडौंको बालाजुमा ४ वर्ष अघिबाट सन्चालनमा छ।
युएसए ओपन कराते च्याम्पियनसिपमा भाग लिनका लागि अमेरिका पुगेकी एरिकालाई सम्मान गरिएको हो ।
उनलाई तमु परिवारले २ हजार ७ सय ५६,तमु सोसाईटीले ९ सय ५३, सुदुर पश्चिम समाजले ५ सय ५०
,इन्टरनेशनल मार्सल आर्ट्स एसोसियसन न्युयोर्कले १ सय ९०, मामा भान्जा ग्रुपले १ हजार १०, रेड पाण्डाले २ सय अमेरिकी डलर तथा बाँकी च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहोगीहरुबाट रकम संकलन भएको सागका स्वर्ण पदक विजेता लामाले जानकारी दिए।

युएसए ओपनमा १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी एरिकाले सोही तौल समूहको सिनियरमा रजत पदक जितेकी थिइन्। गत असोजमा चीनमा भएको १९ औं एसियाडमा एरिकाले रजत पदक जितेकी थिइन्। एसियाडमा रजत पदक जित्ने एरिका पहिलो नेपाली कराते खेलाडी हुन्।
लामाको सभापतित्वमा भएको कार्यक्रममा १३औं एसियाडका कास्य पदक विजेता सम्बर बहादुर गोलेले एरिकालाई सम्मान गरेका थिए।

सो अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका आठौ र नवौं सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, १३ औं सागका स्वर्ण पदक विजेता
अनु अधिकारी र विप्लभलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।
हाल अमेरिका बस्दै आएकी अनुले पनि युएसए ओपनमा १६ देखि ३४ वर्षको समूहमा स्वर्ण पदक जितेकी थिइन्। विप्लभलर पनि युएसए ओपनमा भाग लिएका थिए। एरिका र विप्लभको प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ थिए।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]