2 years ago
April 9, 2024
काठमाडौं (हाम्रो खेलकुद) – चौथो राष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिता अर्को साता सुरु हुने भएको छ । कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना, नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को सहयोगमा वैशाख २ गते प्रतियोगिता सुरु हुने बताइएको छ ।
प्रतियोगिताका संयोजक तथा तेक्वान्दोका प्रमुख प्रशिक्षक नविनकुमार श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा देशभरका ६ सय भन्दा बढी खेलाडीले सहभागिता रहने जानकारी दिए ।
गेरोगीतर्फ सिनियर पुरुष र महिलामा समान ६ गरी कुल १२ स्पर्धा तथा जुनियरतर्फ पुरुष र महिलामा समान १० गरि २० प्रतिस्पर्धा समावेश छन् । त्यस्तै पुम्सेको व्यक्तिगत, समुहगत र जोडी सहित १२ स्पर्धा समावेश गरिएको छ । गेरोगी र पुम्सेमा गरी कुल ४४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुने बताइएको छ ।
यो प्रतियोगिता इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को छनोट प्रतियोगिताका रुपमा रहेको छ । महिला र पुरुष समान ३ गरि ६ खेलाडी इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा छनोट हुनेछन् ।
सिनियर तौल समुहका स्वर्ण विजेतालाई ओलम्पिक तौल समुहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइनेछ । जसमा विजयी हुनेले दक्षिण कोरियामा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् । दक्षिण कोरियाका लागि छनोट हुने सबैले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । सो प्रतियोगिता आगामी अगस्ट २३ र २४ मा दक्षिण कोरियाको सोलमा हुने जानकारी दिइको छ ।
प्रतियोगिताका च्याम्पियन टोलीले १ लाख, दोस्रोले ५० हजार र तेस्रो हुने टोलीले २५ हजार रुपैयाँ पाउनेछन् । त्यसैगरी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट निर्णायकले जनही १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
आइओएफटिसी हेडक्वाटरका निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले सन् २००० देखि सुरु भएको आइओएफटिसीको उद्देश्य कुनै पनि खेलाडी एकतावद्ध भएर मैत्री वातावरणमा तेक्वान्दोको अनुभव दिलाउनका रहेको बताए । उनले नेपाल बाहिर अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको आयोजना हुँदा खेलाडी छनोट गर्ने प्रावधानअनुरुप यसपटक पनि यो प्रतियोगिता हुन लागेको जानकारी दिए ।
नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा सहसंयोजक अशोक खड्काले यो खुला प्रतियोगिता भएकोले सबै खेलाडीको सहभागिता रहने विश्वास व्यक्त गरे ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]