2 years ago
April 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – चौथो राष्ट्रिय खुला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताबाट ६ खेलाडी दक्षिण कोरियाको सिओलमा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) का लागि छनोट भएका छन् ।
कोरियामा अगष्ट २३ देखि २४ तारिखसम्म हुने आइओएफटिसीका लागि आइतबार ग्योरोगीमा ४ र एकल पुम्सेमा २ गरी ६ स्पर्धामा स्वर्ण पदक जितेका खेलाडी छनोट भएका हुन् ।
कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना तथा नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को सह–आयोजनामा भएको प्रतियोगिताअन्तर्गत ग्योरोगीको पुरुष ६३–६८ केजीमा एनटीएका सुवासचन्द्र बोहरा पहिलो भए । उनले फाइनलमा एनटिएकै आयुश ढुंगेललाई पराजित गरे ।
पुरुष ५४–५८ केजीमा कोटेश्वरका एलिस ठकुरीले फाइनलमा आफ्नै डोजाङका मान्देव भाट क्षेत्रीलाई हराउदै पहिलो भए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको प्रतियोगिताको महिला ४६–४९ केजीमा कोटेश्वर तेक्वान्दो डोजाङकी इशिका राणाले स्वर्ण पदक जितिन् ।
इशिकाले फाइनलमा चन्द्रागिरीकी सुमित्रा बलामीलाई पाखा लगाइन् । महिलाको ५३–५७ केजीमा चन्द्रागिरीकी सलिना धामी पहिलो भइन् । सलिनाले फाइनलमा चन्द्रागिरीकै रचना कुमाललाई पन्छाइन् । एकल पुम्सेको पुरुषमा एनटिएका भिजन ताामाङ तथा महिलामा कोटेश्वरकी सन्ध्या लामा पहिलो हुँदै छनोट भएका छन् । छनोटसंगै ६ खेलाडीले जनही ५० हजार रुपैयाँ प्राप्त गरे ।
एनटिए टिम च्याम्पियन
प्रतियोगितामा एनटिए टिम च्याम्पियन बन्यो । एनटिएले ११ स्वर्ण, ३ रजत र ५ कांस्य पदक जित्यो । ९ स्वर्ण, ४ रजत र ३ कांस्य पदकका साथ कोटेश्वर दोश्रो भयो । तेश्रो स्थानमा प्राप्त गरेको चन्द्रागिरीले ८ स्वर्ण, ६ रजत र ८ कांस्य पदक प्राप्त ग¥यो । विजेता टोलीले १ लाख, दोस्रोले ५० हजार र तेस्रो टोलीले २५ हजार रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगिताको प्रशिक्षकमा मोतिलाल लामा तथा निर्णायकमा सारदा धिमाल उत्कृष्ट भए । दुवैले जनही १० हजार नगद पुरस्कार पाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले पुरस्कृ गरे । प्रतियोगिताका लागि आइओएफटिसीका निर्देशक दिवाकर महर्जन पनि अमेरिकाबाट नेपाल आएका छन् ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]