2 years ago
May 23, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका मिक्स्ड मार्सल आर्ट्स फाइटर रविन्द्र ढाँट शनिबार अष्ट्रेलियन प्रतिद्वन्द्वी कोरी सटक्लिफ विरुद्ध भिड्ने भएका छन्।
काठमाडौंको ठमेल स्थित लर्ड अफ द ड्रिंक्स (एलओडी) मा हुन लागेको तेस्रो नेपाल वारियर्स च्याम्पियनसिप (एनडब्लुसी ) को मुख्य बाउटमा रविन्द्र र कोरी भिड्न लागेका हुन् ।
रविन्द्रको पछिल्लो २ बाउट वान च्याम्पियनसिपमा रहेको थियो । वान च्याम्पियनसिपमा लड्ने पहिलो नेपाली बनेपछि उनी पहिलो पटक नेपालमा प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिस्पर्धाको दुई दिन अघि भएको सम्झौता हस्ताक्षर सहितको पत्रकार सेम्मेलनमा बोल्दै रविन्द्रले आफू फाइटमा लागि तयार रहेको बताए ।
नेपाली दर्शकको सामू प्रतिस्पर्धा गर्न पाउँदा खुसी रहेपनि फाइटको समयमा त्यसको खासै मतलब नहुने रविन्द्रले बताएका छन् ।

‘फाईटको एक-दुई महिना अगाडि र फाईट पछि चाहिँ केही भएजस्तो हुने मात्र हो’, उनले भने,’फाईटमा पुगिसकेपछि त्यसमा ध्यान हुन्छ।’
उनका प्रतिस्पर्धी कोरीले पनि फाईटका लागि आफू तयार रहेको बताए । पछिल्लो समयमा भारतमा आफ्नो समय बिताइरहेका उनले नेपाली एमएमए बारेमा धेरै थाहा नभएपनि रविन्द्रको जानकार रहिरहेको बताए ।
‘नेपाली एमएमए क्षेत्रको बारेमा मा धेरै जानकार छैन । तर रविन्द्रको नाम चाहिँ सुनेको छु । उनको यात्राको बारेमा म जानकार छु’, कोरीले भने ।

आफ्नो प्रोफेशनल करियरमा ६-१ को रेकर्ड रहेका रविन्द्रको अपराजित यात्रा गत डिसेम्बरमा वान च्याम्पियनसिप अन्तर्गत पाकिस्तानका ईस्माइल खान विरुद्ध तोडिएको थियो । सो बाउटमा उनी तीन राउण्डपछि निर्णायकहरुको सर्वसम्मत निर्णय द्वारा पराजित भएका थिए ।
त्यसअघि वान च्याम्पियनसिप अन्तर्गत नै उनले रसियन टोरेप्चि डोनगाकलाई टेक्निकल नकआउट (टिकेओ) मार्फत पराजित गरेका थिए । सटक्लिफको भने प्रोफेशनल रेकर्ड २-१ रहेको छ ।
एनडब्लुए ३ अन्तर्गत यस प्रतिस्पर्धा बाहेक अन्य ६ बाउटहरु पनि हुँदैछन् । सह-मुख्य बाउटमा नेपालकै सन्नी खत्री र भारतीय विशाल साहु प्रतिस्पर्धा गर्ने छन् । यसबाहेकका ५ प्रतिस्पर्धा भने एमेच्योर रहने छन् ।
बझाङका स्थायी बासिन्दा रविन्द्र परिवारको आर्थिक अवस्थाका कारण रोजगारीको खोजीमा भारत गएका थिए । उनले नेपालमा एसएलसी पूरा गरेर, भारतमा काम गर्दै कराते सिक्दै मिक्स्ड मार्सल आर्ट्सको तालिम लिन थालेका थिए ।
दिविज पियाद्वारा सञ्चालित लक एन्ड रोल एमएमएमा केही वर्षदेखि उनी मार्सल आर्टमा सक्रिय रूपमा संलग्न छन् । भारतमा भएका केही प्रतियोगिता जितेर रविन्द्र वान च्याम्पियनसिप पुग्न सफल भएका थिए ।

November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]