default_image

1 year ago

June 17, 2024

क्रिकेट टोलीसहित अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कृत

906 views

0 Bookmark

काठमाडौं (काठमाडौं)- विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयले आइतबार नगदसहित पुरस्कृत गरेको छ ।

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र खेलकुद मन्त्रालयका सचिव सुमनराज अर्यालले विभिन्न ४ अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल खेलाडीसहितको टोलीलाई प्रशंसा पत्र र नगदसहित पुरस्कृत गरे । पुरस्कारको कुल रकम २ करोड ९७ लाख १० हजार रुपैयाँ रहेको छ ।

गत वर्ष चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत जितेकी एरिका गुरुङलाई १९ लाख ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरियो । एरिकाले जितेको रजत नेपालले एसियाली खेलकुदको करातेमा प्राप्त गरेको‌सबै भन्दा ठूलो उपलब्धि हो ।

प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार तथा सहायक प्रशिक्षक छोरी डंगोल र वीरकृष्ण शाहीले समान ७८ हजार रुपैयाँ पाए । टिम व्यवस्थापक निवासगोपाल वैद्य १ लाख ९५ हजार नगदसहित पुरस्कृत भए । करातेतर्फ जम्मा २५ लाख ३५ हजार रुपैयाँ नगद पुरस्कार वितरण गरियो ।

हाङझाव एसियाडमै ऐतिहासिक कांस्य विजेता नेपाल महिला कबड्डी टोलीका मेनुकाकुमारी राजवंशी        (कप्तान), मानमति विष्ट, जयन्ती बडू, सुनिता थापा, रविना चौधरी, अनुजा कुलुङ राई, गंगा घिमिरे, नितु गुरुङ, इशा राई, अर्पणा चौधरी, सिर्जनाकुमारी थारु र कलावती पन्तले जनही ३ लाख ९० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णु दत्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले समान १ लाख ३० हजार रुपैयाँ प्राप्त गरे ।
एसियाडमा नेपाली महिला कबड्डी टोलीले पहिलो सहभागितामै पदक जित्न सफल भएको थियो । कबड्डी टोलीले कुल ४८ लाख १० हजार रुपैयाँ पुरस्कार पाए ।
चीनको हाङझावमै भएको चौथो पारा एसियाली खेलकुदको तेक्वान्दोमा ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धनले १३ लाख रुपैयाँ बाट पुरस्कृत भइन् ।

पारा एसियाली खेलकुदमा पलेशाले हासिल गरेको पदक नेपालको अहिलेसम्मकै एक मात्र पदक हो । अघिल्ला तीन संस्करणमा नेपाल नियमित रुपमा सहभागी भएपनि पदक भने जित्न सकेको थिएन । प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार तथा टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार रुपैयाँ पुरस्कार पाए ।

आईसीसी टी– २० वल्र्ड कप फाइनल एसियामा दोश्रो भएको राष्ट्रिय पुरुष क्रिकेट टोलीका रोहितकुमार पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अविनाश बोहरा, कुशल मल्ल, विवेककुमार यादव, सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी, गुल्शनकुमार झा, करण केसी, सन्दिप लामिछाने, सन्दिप जोरा, प्रतिश जिसी, ललितनारायण राजवंशी र विनोद भण्डारीले जनही १३ लाख रुपैयाँ प्राप्त गरे । क्रिकेट टोलीका अधिकांश खेलाडी टी– २० विश्वकपका लागि वेस्ट इन्डिजमा रहेकाले कार्यक्रममा उपस्थित थिएनन् ।

मुख्य प्रशिक्षक म्रुगाङ जग्दशी देसाइ (मोन्टी देसाइ) ले ३ लाख ९० हजार, सहायक प्रशिक्षक बसन्त शाही, व्यवस्थापक सुमनराज कार्की र फिजियो विक्रम न्यौपानेले समान १ लाख ९५ हजार रुपैयाँ प्राप्त गरे । क्रिकेटमा सर्वाधिक २ करोड ४ लाख ७५ हजार रुपैयाँ प्रदान गरियो ।

राखेपको सिफारिसमा युवा तथा खेलकुद मन्त्रालयले खेलाडीसहित टोलीको पुरस्कारका लागि मन्त्रिपरिषद्मा प्रस्ताव गरेको थियो । सोही प्रस्तावलाई गत बैशाख ७ गतेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको थियो ।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.