1 year ago
June 29, 2024
हिमाल खरेल,दमक
झापाको दमकमा महिला सेल्फ डिफेन्स (आत्मरक्षा) तथा योगासम्बन्धी तीन दिने प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
दमकको हिमालय माविमा आज कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राईले एक कार्यक्रमका बीच प्रशिक्षणको उद्घाटन गरे ।
प्रदेश खेलकुद विकास बोर्ड कोशीको आयोजनामा सुरु भएको तालिममा कक्षा ९ देखि १२ मा पढ्ने दमकका एक सय छात्रा सहभागी रहेका छन् ।
अनपेक्षित शारीरिक प्रहार हुँदा बच्न, अस्वाभाविक छुवाइलाई इन्कार गर्न, गलत नियतको हेराइको प्रतिवाद गर्ने र दुव्र्यवहारको प्रतिकार गर्न तालिममा सिकाइने बोर्डका सदस्य सचिव कृष्ण बस्नेतले सहभागीहरुलाई जानकारी गराए ।
झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तको अध्यक्षतामा भएको तालिम उद्घाटन कार्यक्रममा मन्त्री राईले पछिल्लो समय महिलाहरु असुरक्षित बन्दै गएको र उनीहरूको आत्मबल बढाउने उद्देश्य तालिमको आयोजना गरिएको बताए ।
घरेलु हिंसा, साथीभाइबाट हुने हिंसा, सहकर्मीबाट हुने हिंसा, शिक्षक वा गुरुबाट हुने हिंसा, पारिवारिक हिंसालगायत अन्य विभिन्न किसिमबाट हुने हिंसाको पहिचान, आफूलाई बचाउने तरिकाबारेमा प्रशिक्षण दिइने अध्यक्ष भण्डारीले बताए ।
अतिथिहरुले प्रशिक्षणका सहभागीहरूलाई शुभकामना दिँदै तालिमबाट प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागु गर्दै साथीलाई समेत सिकेका कुरा बुझाउन आग्रह गरे ।
जिल्ला खेलकुद विकास समिति र नेपाल खेलकुद महासंघको सहयोग रहेको तालिमको सहजीकरण कराते प्रशिक्षक हरिमाया राई र एलिजा खत्रीले गर्ने छन् ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]