default_image

1 year ago

August 27, 2024

पेरिस पारालिम्पिक्स – पलेशाले भेनेन्जुएलाकी भलेरियासँग खेल्ने

468 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – पेरिस पारालिम्पिक्समा छनोट भएकी ओलम्पियन पलेशा गोवर्दनले भेनेन्जुएलाकी भलेरिया मोराल्सलाई पहिलो चरणमा प्रतिद्वन्द्वीको रूपमा भेट्टाएकी छिन्।

पलेशाले के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहमा प्रतिस्पर्धा गर्नेछिन्। आज भएको ड्र अनुसार पलेशाले बिहीवार पहिलो चरणको खेल जितेमा दोस्रो चरणमा विश्व वरियताको पहिलो स्थानमा रहेकी ब्राजिलकी फरनान कार्डोसोको सामना गर्नुपर्नेछ। यो स्पर्धामा कुल ११ खेलाडी छन्।

पलेशाको यो दोस्रो पारालिम्पिक्स हो। यसअघि टोकियो पारालिम्पिक्समा वाइल्ड कार्ड मार्फत छनोट हुँदा उनले दुई वाउट जितेर ऐतिहासिक सफलता प्राप्त गरेकी थिइन्। कास्य पदकको भिडन्तमा भने चीनकी खेलाडीसँग पराजित भएकी थिइन् । उनी ओलम्पिक्समा नै नेपालको लागि जित निकाल्ने पहिलो खेलाडी बनेकी थिइन्।

यो अनुभवलाई तिखार्दै चार वर्षपछि पलेशा छनोट हुँदै पेरिस पारालिम्पिक्सको यात्रा तय गर्न सफल भएकी हुन्। गत चैतमा पारालिम्पिक्सको एसियाली छनोट प्रतियोगितामा स्वर्ण जित्दै पलेशा पेरिस पारालिम्पिकमा छनोट भएकी हुन्।

उनी पारालिम्पिक्समा छनोट हुने पहिलो नेपाली खेलाडी पनि बनेकी छिन्। यीनै पलेशासँग चौथो एसियन पारा गेम्समा ऐतिहासिक कास्य पदक जितेको अनुभव पनि छ। उनीबाट यो पटक पदकको अपेक्षा गरिएको छ।

उनी ३१ दिनको विशेष प्रशिक्षणपछि पेरिस पुगेकाि हुन्। उनले म्यानचेस्टरमा प्रशिक्षक एन्ड्रियु डियरसँग प्रशिक्षण लिएकी थिइन् । पलेशा र भरतसिंह महताले बेलायतको राष्ट्रिय टिमसँग एक महिना लामो प्रशिक्षण लिने मौका पाएका थिए।

उनीहरूसँगै प्रशिक्षण गरेका बेलायतका अन्य तीन खेलाडीले पनि पेरिसमा प्रतिस्पर्धा गर्दैछन्।
वाइल्ड कार्ड मार्फत पेरिस पारालिम्पिक्समा छनोट भएका भरतसिंह महताले के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समुहमा शुक्रवार प्रतिस्पर्धा गर्नेछन्। ड्र अनुसार उनले पहिलो चरणमा जापानका मित्सुया तानाकासँग खेल्ने छन्।‌ यो स्पर्धाम १२ खेलाडी रहेका छन्।

पेरिसमा यो पटक मात्र तीन खेलाडीले नेपालको प्रतिनिधित्व गर्दैछन्। तेक्वान्दोबाट पलेशा र भरत तथा पौडीका भीमबहादुर कुमालले प्रतिस्पर्धा गर्नेछन्। उनले एस -९ क्याटगरीको पुरुष ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.