default_image

1 year ago

August 29, 2024

पेरिस पारालिम्पिक्स – भरत पराजित

531 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली‌ भरतसिंह महत पेरिस पारालिम्पिक्सको तेक्वान्दोको‌ आफ्नो पहिलो खेलबाटै बाहिरिएका छन्।

भरत बिहीवार जापानिज खेलाडी मित्सुया तानाकासँग पराजित भएका हुन्। पेरिसस्थित ग्रान्ड पेलेसमा तेक्वान्दोको के-४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनिमा भरत तानाकासँग १३-३ अंकले पराजित भएका‌ हुन् ।

भरत पेरिस पारालिम्पिक्सको पहिलो चरणबाट बाहिरिए। एकपक्षीय खेलमा उनी एक समय १२-० ले पछि परिसकेका थिए। ३ अंक त जोडे तर कुनै पनि समय जापानी प्रतिद्वन्द्वीलाई चुनौती समेत प्रस्तुत गर्न सकेनन्। योसँगै उनी पेरिस पारालिम्पिक्सबाट बाहिरिएका छन्। उनी वाइल्ड कार्ड मार्फत पेरिस पारालिम्पिक्समा छनोट भएका थिए।

भोलि नेपालबाट सबैभन्दा बढी पदकको आश गरिएकी पलेशा गोवर्धनले के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहमा भेनेन्जुएलाकी भलेरिया मोराल्ससँग प्रतिस्पर्धा गर्नेछिन्।

पलेशा छनोट चरण पार गरेर पेरिस पारालिम्पिक्समा स्थान पक्का गरेकी हुन्। उनको यो दोस्रो पारालिम्पिक्स सहभागिता बन्नेछ। यसअघि टोकियो पारालिम्पिक्समा वाइल्ड कार्ड मार्फत छनोट हुँदा उनले दुई वाउट जितेर ऐतिहासिक सफलता प्राप्त गरेकी थिइन्।

त्यतिबेला कास्य पदक भिडन्तमा भने चीनकी खेलाडीसँग पराजित भएकी थिइन्। उनी ओलम्पिक्समा नै नेपालको लागि जित निकाल्ने पहिलो खेलाडी समेत बनेकी थिइन्। यसको चार वर्षपछि पलेसा छनोट हुँदै पेरिस पारालिम्पिक्सको यात्रा तय गर्न सफल भएकी हुन्।‌

यो पटक तेक्वान्दोका दुई र पौडीका भीमबहादुर कुमाल गरी कुल ३ नेपाली खेलाडीको सहभागीता रहेनेछ।

यसअघि हिजो भएको उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पलेशाले नेपालको झण्डा बोकेकी थिइन्।

नेपालबाट सहभागी हुने ३ खेलाडी र २ प्रशिक्षक पेरिसमा छन् । तर पलेशा मात्र मार्च पासमा सहभागी गराइयो। बाँकी पदाधिकारीहरू मार्च पास र उद्घाटन समारोहमा सहभागी भएका थिए।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.