default_image

1 year ago

August 31, 2024

पलेशालाई ऐतिहासिक कास्य पदक, नेपाली खेलकुदमा अहिलेसम्मकै सबैभन्दा ठूलो पदक

9429 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- पलेशा गोवर्धनले नेपाललाई पेरिस पारालिम्पिक्समा ऐतिहासिक पहिलो पदक दिलाएकी छिन् ।

के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुह शुक्रवार कास्य पदक जित्दै पलेशा नेपालको लागि ओलम्पिक्स र पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बन्न सफल भएकी हुन्। पलेशाले जितेको कास्य पदक नेपाली खेलकुदकै अहिलेसम्मकै सबैभन्दा ठूलो पदक हो।

कास्य पदकका लागि भएको रिपाचेजमा पलेशाले सर्बियाकी मारिजा मिकेभलाई १५-८ ले हराउँदै नेपाललाई ऐतिहासिक पदक दिलाइन। यसअघि पलेशाले पेरिस पारालिम्पिक्स अन्तर्गत रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २-१ को स्कोरमा पराजित गरेकी थिइन् ।

सेमिफाइनलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भएकी थिइन् । आजै उनले आज क्वाटरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१-० को फराकिलो अन्तरमा पराजित गरेकी थिइन् ।

नेपालले सन् १९६४ को टोकियोमा पहिलो पटक समर ओलम्पिक्समा सहभागिता जनाएको थियो । ६ दशकदेखि नेपालले ओलम्पिक्समा सहभागिता जनाउँदै आएको छ । तर कुनै पनि खेलाडीले ओलम्पिक्समा एक खेल समेत जित्न सकेका छैनन् ।

यो अवस्थामा पारा खेलाडी पलेशाले नेपाललाई पदक दिलाएकी छिन् । नेपाली खेलकुदलाई गुण लगाइदिएकी छिन् । तेक्वान्दोका विधान लामाले भने सिओल ओलम्पिकमा प्रदर्शनी खेलका रुपमा राखिएको तेक्वान्दोमा कास्य पदक जितेका थिए ।

विशेष क्षमताकी धनी पलेशाको जन्म एउटा हातको हत्केला बिना नै भएको थियो । उनको हत्केलालाई पलेशाले कमजोरी कहिले बनाइनन् । उनको अदम्य साहश र परिवारको साथमा यही हात उनको जीन्दगीको सफलताको कडी मात्र बनेन, देशलाई विश्व खेलकुदमा चिनाउने सशक्त माध्यम नै बन्यो । ओलम्पिक्स पदक यही विशेष क्षमताबाट सम्भव बनेको छ । उनले २०१४ मा १३ वर्षको कलिलो उमेरदेखि नै तेक्वान्दो खेल्न सुरू गरेकी थिइन् ।

उनको सफलता र मेडलको फेरिस्त लामै छ । चीनको ह्वाङझाउमा चौथो एसियाली पारा खेलकुदमा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाएकी थिइन् । महिला के– ४४ क्याटगोरी अन्तर्गत ५७ केजीमुनि तौल समूहमा कांस्य पदक जित्दै इतिहास रचेकी थिइन् । एसियाली पारा खेलकुदमा नेपालले जितेको यो पहिलो पदक थियो ।

दोस्रो पटक पारालिम्पिक्स खेलिरहेकी पलेशा गत संस्करण भने कास्य पदकबाट चुकेकी थिइन् । उनले टोकियो ओलम्पिक्समा दुई बाउट जितेकी थिइन् ।‌ तर कास्य पदक भिडन्तमा चीनकी खेलाडीसँग पराजित भएकी थिइन् । यो पटक भने पलेशा छनोट चरण पार गर्दै पेरिस पारा पारालिम्पिक्समा सहभागी भएकी हुन् ।

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

Success

Thank you for your time.