9 years ago
February 8, 2017
काठमाडौं (हाम्रो खेलकुद)– जापान केन्दो फेडेरेसनको सहयोगार्थ नेपाल केन्दो एण्ड लैदो संघलाई जापानी दुतावासमा केन्दोको खेलकुद सामग्री हस्तान्तरण गरिएको छ । नेपालस्थित जापानी दुतावासका फस्ट सेक्रेटरी सेक्रेटरी कियोहिको हामादाले खेलकुद सामाग्री हस्तान्तरण गरेका हुन् ।

केन्दो खेलमा प्रयोग हुने बुगु सेट १०, सिनाल १०, डेन्डो गी ६ र हकामा ४ पिस खेलकुद सामान फस्ट सेक्रेटरी कियोहिको हामादाले नेपाली केन्दो तथा लाइदो संघका अध्यक्ष गणेश राइलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेका थिए । नेपालका १५ भन्दा बढी जिल्लामा दर्ता भइसकेको यो खेलका लागि आवश्यक पर्ने खेल सामाग्री महंगो हुने भएकाले आफै खरिद गर्न नसकिने संघका अध्यक्ष राइले बताए । जानकारी सो अवसरमा केन्दो खेलको डेमोस्ट्रेसन पनि गरिएको थियो ।

November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]