1 year ago
September 6, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पेरिस पारालिम्पिक- २०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई बधाई दिएका छन् ।
टोलीलाई खुमल्टारस्थित आफ्नै निवासमा भेट गरी पूर्व प्रधानमन्त्री दाहालले बधाइ दिएका हुन् । दाहालले आफू प्रधानमन्त्री हुँदा पनि खेलकुदलाई उच्च प्राथमिकता दिएको बताउदै पलेशाको सफलताले विश्वभर रहेका सम्पूर्ण नेपालीले गौरव गर्ने अवसर प्राप्त गरेको बताए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले पेरिस पारालिम्पिकका लागि राष्ट्रिय खेलकुद विकास नियमावली– २०७९ मा व्यवस्था भए अनुसारको नगद पुरस्कारका लागि राखेपले सिफारिस गरिसकेको जानकारी गराए।

उनले स्वयंसेवक प्रशिक्षक कविराज नेगी लामालाई पनि राखेपमा प्रशिक्षकमा नियुक्तिका लागि समेत सिफारिस गरिसकेको अवगत गराए ।
सो अवसरमा पलेशाका बुवा प्रदीप, प्रशिक्षक लामा, पारालिम्पिकमा तेक्वान्दो टोलीका व्यवस्थापक एवं राखेपका सदस्य रामचन्द्र श्रेष्ठ, नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाशशमशेर राणा, महासचिव दीपराज गुरुङलगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।
पेरिस पारालिम्पिक्स २०२४ अन्तर्गत भदौ १४ गते सम्पन्न के–४४ क्याटाकोरी अन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५-८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिक्समा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी हुन् ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]