default_image

1 year ago

September 20, 2024

करातेकी एरिकाले अर्को इतिहास रचिन्

1838 views

0 Bookmark

प्रकाश तिमल्सिना,काठमाडौं

करातेकी एरिका गुरुङले खेल जीवनमा अर्को इतिहास रचेकी छिन् ।

गत वर्ष १९ औं एसियाली खेलकुदमा रजत जितेकी एरिका शुक्रवार २० औं एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुगेकी‌ छिन् । उनले कम्तीमा रजत पदक पक्का गरेकी छिन् ।

नेपाली खेलाडी एसियन च्याम्पियनसिपको फाइनलमा पुगेको इतिहास नै यो पहिलो पटक हो । एरिकाले प्री क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४-० ले हराइन् ।

गत वर्ष एसियाडको फाइनलमा काजकिस्तानकी सोफ्या बेर्लुत्सेभासँग पराजित एरिकाले यसपटक सोही खेलाडीलाई क्वाटरफाइनलमा हराएकी थिइन् । निर्धारित समयको खेल १- १ एकको बराबरीमा सकिएपछि रेफ्रीको निर्णयमा एरिकाले सोफयालाई माथ दिइन्।

एरिकाले १९ औं एसियाड पदक जितेको महिला ६८ केजीमाथि तौलसमूहमा आजै भएको सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिन विरुद्ध ८-० जित निकाल्दै‌ एरिका फाइनल पुगेकी हुन् ।

गत वर्ष चीनमा एसियाड भएको हलमा नै अहिले आज एसियन च्याम्पियनसिप सुरु भएको हो। एरिकाले आइतवार फाइनल खेल्ने टोलीका काता प्रशिक्षक मन्देकाजी श्रेष्ठले जानकारी दिए।

कुमुतेमा एक जना खेलाडीको खेल बाँकी रहेको छ । अन्य सबै खेलाडीले सफलता हात पार्न सकेनन्। काताको प्रतिस्पर्धा शनिवार हुनेछ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.