default_image

10 years ago

September 27, 2015

उमा कुङफुको डिप्लोमा ग्रेडिङ

197 views

0 Bookmark

काठमाडौं, असोज १० गते ।

नेपाल उमा कुङफु संघको आयोजनामा उमा कुङफु डिप्लोमा ग्रेडिङ आइतबार गौशालामा सम्पन्न भएको छ ।

उमा कुङफु ग्रेडिङमा सहभागीहरु समापनपछि सामूहिक तस्वीर खिचाउदै ।

दुईदिने ग्रेडिङमा दाङ, नुवाकोट, रुकुम र उत्तरी भेगीय उमा कुङफु, बुढानीलकण्ठका एक महिलासहित जम्मा ९ जना सहभागी थिए । उनीहरुलाई संघका अध्यक्ष उद्धव थापा मगर र सचिव सिद्धार्थ लामाले व्यवहारिक र सैद्धान्तिक ज्ञान दिएका थिए ।

सहभागी सबै फुल रेडबाट ब्ल्याकवेल्टमा पदोन्नती भएको संघले जनाएको छ । ग्रेडिङ कमिटीका उद्धाव थापा मगर तथा संघका महासचिव अनिमेशलाल श्रेष्ठ र सदस्य सन्जितकुमार राईले सहभागीको परीक्षा लिएका थिए ।

सियाङ तामाङ, कमल पण्डित, रमेश नेपाली, सूर्य लामा, प्रिया गुरुङ, दावा लामा, सञ्जय श्रेष्ठ, किरण थापा तथा बुद्धिप्रकाश रोका मगर ग्रेडिङमा सहभागी थिए ।

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

Success

Thank you for your time.