1 year ago
September 22, 2024
काठमाडौं (हाम्रो खेलकुद)- स्टार कराते खेलाडी एरिका गुरूङले २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक स्वर्ण पदकबाट खेल्दै छिन्।
चीनमा जारी च्याम्पियनसिपको ६८ केजी माथीको तौल समुहको फाइनलमा आज एरिकाले भियतनामकी एनगोवान नुगेनको सामना गर्नेछिन्।
यसअघि शुक्रबार लगातार तीन बाउट जितेर उनले फाइनलमा स्थान सुरक्षित गरेकी थिइन। उनले प्री क्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल ब्रिटोलाई ४-० ले, क्वाटरफाइनलमा काजकिस्तानकी सोफया बेरूत्सलेभा र सेमिफाइनलमा थाइल्याण्डकी केवलिन सोङगलिनलाई सहजै ८-० ले हराउँदै फाइनलमा स्थान बनाउँदै कम्तीमा रजत पकमका गरेकी थिइन्।
एरिकाले १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाएकी थिइन्। उनी व्यक्तिगततर्फ एसियन गेम्समा रजत जित्ने दोस्रो नेपाली खेलाडी हुन्। एसियाडमा करातेमा रजत पदक जित्ने एरिका पहिलो खेलाडी हुन् ।
यसअघि सन् १९९८ मा तेक्वान्दोकी सबिता राजभण्डारीले रजत जितेकी थिइन्। टिम स्पर्धामा भने पारा ग्लाइडिङले १८औं संस्करणको एसियाली खेलकुदमा रजत जितेको थियो।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]