1 year ago
November 11, 2024
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल तेक्वान्दो संघले कान्तिपुर टेलिभिजनका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिशिर पछाईलाई सम्मान गरेको छ ।
विश्व तेक्वान्दोका अध्यक्ष अध्यक्ष चो ले जी.सी.एस्ले पछाईलाई सोमबार विशेष सम्मान गरेका हुन् । सातदोबाटोस्थित तेक्वान्दो संघमा आयोजित कार्यक्रममा नेपाली तेक्वान्दो खेल विकासमा योगदान गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।
सो अवसरमा तेक्वान्दो संघले विश्व तेक्वान्दोका अध्यक्ष चोलाई स्वागत गरेको थियो । उनी लामो समयदेखि गुडविल कर्पोरेसन सर्भिस इन्टरनेसनल (जिसिएस) को अध्यक्ष रुपमा रहेका छन् । गत साता जिसिएसको काठमाण्डौं सम्मेलन सम्पन्न भएको थियो ।
सो संस्थाको नेपाल च्याप्टरका अध्यक्ष संघका अध्यक्ष प्रकाश शम्शेर राणा र महासचिव संघका महासचिव दीपराज गुरुङ्ग छन् ।
कार्यक्रममा अध्यक्ष चोले नेपाल च्याप्टरका नव नियुक्त सदस्यहरु ई.सञ्जीव रेग्मी, दिल बहादुर ओली, भान बहादुर चन्द, कासिम मिया, मदन केसी, साम्राज्य विक्रम पाण्डे, राम चन्द्र श्रेष्ठ, राम गिरी, कुमार लामा घिसिङ्ग, बब्लु शिवाकोटी सदस्यताको प्रमाण पत्र वितरण गरे ।
प्रमाण पत्र ग्रहण गर्नेमा केशव पुरी, दिपेन्द्र कुमार श्रेष्ठ, अस्विनी कुमार ढकाल, मानषी चन्द, चारु विष्ट, प्रल्हाद थापा, बन्दना राई र एलिसा वैद्य छन् । विश्व तेक्वान्दोका अध्यक्ष चो ले नेपालको तेक्वान्दो खेलले प्राप्त गरेको उपलब्धीको प्रशंसा गर्दै विश्व तेक्वान्दो र जिसिएसले सक्दो सहयोग गर्ने प्रतिद्धता व्यक्त गरे ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]