1 year ago
December 1, 2024
काठमाडौं (हाम्रो खेलकुद)- न्युजेन स्पोर्टस एकेडेमीले सातौं टिआइए अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेका आफ्ना खेलाडीलाई सम्मान गरेको छ।
गत वर्ष भारतको पश्चिम बंगालको कोलकातामा भएको च्याम्पियनसिपमा न्युजेनका ७ खेलाडीले स्वर्ण पदक जितेका थिए।
सम्मानित हुनेमा निजानन्द थापा, युस्मा स्याङतान, आयुष्मा चन्द, सम्राट सिंह,सक्षम दुलाल, श्रृष्टि स्याङ्बो र रक्षा मगरले स्वर्ण पदक जितेका थिए। उनीहरूका व्यवस्थापक सुप्रिम गुरुङलाई पनि सम्मान गरिएको थियो।

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन र न्युजेनका संस्थापक निर्देशक प्रविण थापाले सम्मान गरेका थिए।
सोही अवसरमा न्युजेनका तेक्वान्दो, जुम्बा, नृत्य र फुटसल प्रशिक्षकलाई पनि पुरस्कृत गरिएको थियो।

कोरियन एम्बेसडरका स्वर्ण पदक विजेता आरभ चन्द ठकुरी, श्रृष्टि स्याङ्बो, सर्गम थापा, साइसर थापा, जिम्बा, नृत्य, आन्तरिक टेबल टेनिसका विजेतालाई पनि पुरस्कृत गरिएको थियो।
सो अवसरमा एकेडेमीका खेलाडीले तेक्वान्दोको प्रदर्शनी तथा नृत्य प्रस्तुत गरेका थिए।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]