default_image

1 year ago

December 2, 2024

एसियन प्यासिफिक सितोरियो करातेमा गुरुङ निर्वाचित

707 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा दावा गुरुङ निर्वाचित भएका छन् ।

सिंगापुरमा आइतवार भएको बिशेष अधिवेशन ( कंग्रेस) मा नेपाल सितोरियो कराते संघका अध्यक्ष समेत रहेका गुरुङ निर्वाचित भएका हुन् ।

एसियन प्यासिफिकमा सहभागी २८ राष्ट्रमा खसेको २३ १८ मत प्राप्त गरि गुरुङ निर्वाचित भएको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र वहादुर खपाङ्गी ’ईश्वर’ ले जानकारी गराए ।

गुरुङका प्रत्यासी फिलिपिन्सका उम्मेदवारले ८ मत प्राप्त गरेका थिए । सिंगापुरमा १६ ओै एसियन प्यासिफिक प्रतियोगिताको समापनपछि भएको विशेष अधिवेशन (कंग्रेस) ले १७ ओै एसियन प्यासिफिक सितोरियो कराते प्रतियोगिता कहाँ र कुन मितिमा आयोजना गर्ने भन्ने बारेमा एक महिना भित्रमा निर्णय गरि सार्वजनिक गर्ने नेपाल सितोरियो करातेका संरक्षक युवराज लामाले जानकारी गराए ।

कंग्रेसमा एसियन प्यासिफिक सितोरियो कराते महासंघमा आबद्ध २८ राष्ट्रका प्रतिनिधि, विश्व सितोरियो कराते महासंघका अध्यक्ष गेन्जो ईवाता सहित केनई मावुनी,वाङ तोङ्ग सेङ,रिकी योङ्ग ,सितोरियो कराते संघका संरक्षक समेत रहेका नेपाल कराते महासंघका अध्यक्ष लामा र सितोरियोका अध्यक्ष दावा गुरुङले  सहभागी जनाएका थिए ।

१६ ओै एसियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले २ स्वर्ण,२ रजत र ५ कास्य पदक सहित कुल ९ पदक जितेको थियो । नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.