12 months ago
December 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- ललितपुर जिल्ला किक बक्सिङ संघको आयोजनामा छैटौं गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ चापागाउँमा बिहीवार सुरु भएको छ ।
पहिलो दिन पुरुष ५५ केजीमुनि नेपाल क्योकुसिनका एलिस बम्जन, आर्मीका जनकबहादुर धामी, डन किक बक्सर्सका आशिक कोल्ह र आर्मीका प्रवीण माझी सेमिफाइनलमा प्रवेश गरेका छन् ।
महिला ४५ केजीमुनि एपिएफकी रिना माझी, बुदो उसुकी सरु राई, टोखा सो क्योकुसिनकी अस्मिता दोङ तामाङ र आयोजककी करिष्मा कार्की सेमिफाइनलमा पुगेका छन् ।
त्यस्तै महिला ६० केजीमुनि एपिएफकी सुमित्रा नगरकोटी, आर्मीकी अप्सरा कुमाल, स्ट्रोङगेस्ट मुवाँथाईकी समनेह राज्वी र थुलुङ दुधकोशीकी मेसकुमारी कार्कीले सेमिफाइनल यात्रा तय गरेका छन् ।
प्रतियोगिताको पूर्व उप प्रधानमन्त्री पूर्णबहादुर खड्काले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा ३ विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लबका , एपिएफ तथा सातै प्रदेशका क्लबका १ सय ३ पुरुष र ४९ महिला गरी १ सय ५२ खेलाडीको सहभागिता रहेको छ ।
गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा रहेको प्रतियोगिताको पुरुषमा ६ र महिलामा ५ गरी ११ स्पर्धामा समावेश छन् ।
हरेक स्पर्धाको विजेताले ३०, दोस्रोले १५ तथा तेस्रो हुने दुई खेलाडीले समान ८ हजार रुपैयाँ पाउनेछन्।शीर्ष तीन हरेक स्वर्ण विजेताले अनरको मोबाइल प्राप्त गर्नेछन्।
प्रतियोगिताको च्याम्पियन टोलीले १ लाख, दोश्रोले ५० हजार र तेश्रो टोलीले २५ हजार रुपैयाँ पाउने छन् । उत्कृष्ट पुरुष/महिला खेलाडीले २५ हजार रुपैयाँ पाउनेछन्। प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]