default_image

11 months ago

January 18, 2025

मेलम्चीमा राष्ट्रिय खुल्ला कराते सुरु

409 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल गोजु–रियो कराते–दो संघ शाखा डोजो मेलम्चीको आयोजनामा राष्ट्रिय खुल्ला कराते प्रतियोगिता सुरु भएको छ ।

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले शुक्रवार प्रतियोगिता उद्घाटन गरे ।

प्रतियोगितामा ७ प्रदेशबाट महिला १ सय ३० तथा पुरुष १ सय ४० गरि २ सय ७० खेलाडीको सहभागिता रहेको बताइएको छ । प्रतियोगितामा ४० इभेन्टमा १ सय ६० पदकको लागि प्रतिस्पर्धा हुनेछ ।

खेलकूदको क्षेत्रको माध्यमबाट मेलम्ची नगरपालिकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र युवा पुस्तालाई खेल क्षेत्रमा आकर्षित गराउने मुख्य उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक समितिका संयोजक एवम् नेपाल गोजु–रियो कराते–दो सघंका केन्द्रिय सचिव सानुबाबु गिरीले बताए ।

प्रदेशका खेलकुद मन्त्री महर्जनले मेलम्चीको खेलकुद विकासको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । कराते राष्ट्रलाई चिनाउने खेल भएको भन्दै यसमा सुधार गरेर जानुपर्नेमा जोड दिए। आफ्नो पहिचान खेलकुदमार्फत भएको जनाउँदै मन्त्री महर्जनले आगामी बजेट बनाउँदा नमुना काम गर्ने विश्वास दिलाए ।

मेलम्ची नगरपालिकाका प्रमख आइतमान तामाङले खेलकदमा नगरपालिकाले उल्लेख्य काम गरेको बताए । पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले प्रतियोगिताको सफलताका लागि शुभकामना दिए ।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.