11 months ago
January 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुरको आयोजना अर्को महिना चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता हुने भएको छ।
प्रतियोगितालाई गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गर्ने सोमवार पत्रकार सम्मेलनमा जानकारी दिइयो। गोदावरी नगरपालिका मेयर गजेन्द्र महर्जन र आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे।
प्रतियोगिता सातदोबाटो स्थित नेपाल कराते एकेडेमी फागुन १६ देखि १८ गतेसम्म हुनेछ। महिला र पुरुषमा गरि १७ वटा इभेन्ट प्रतियोगितामा समावेश गरिएको बताइयो ।
प्रतियोगितामा सात वटै प्रदेशका र ३ विभागीय (सेना, प्रहरी, एपिएफ) गरि २ सय १० खेलाडी सहित ४० जना अफिसियल तथा विभिन्न ५० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुले सहभागिता रहने आयोजक डोजोको उपाध्यक्ष दयाराम महर्जनले बताए।
प्रतियोगितामा ५५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको र त्यसमा गोदावरीले २० लाख रुपैयाँ उपलब्ध गराइने बताइएको छ।
कुमुतेमा महिलातर्फ ४५, ५०,५५,६१,६८ केजी मुनि, ६८ केजी माथि तथा पुरुषतर्फ ५०, ५५,६०,६७,७५,८४ केजी मुनि र ८४ केजीमाथि प्रतिस्पर्धा हुनेछ। त्यस्तै महिला पुरुषमा एकल र टिम काता पनि समावेश छ।
गोदावरी नगरपालिकाका मेयर महर्जनले प्रजातन्त्र प्राप्तिका लागि योगदान गर्नुहुने सन्त नेता पूर्व प्रधानमन्त्री कृष्ण प्रसाद भट्टराईको सम्झना र खेलाडीहरु हौसला बढाउनका लागि सहयोग गर्दै आएको बताए ।
नेपाल कराते महासंघका महासचिव दावा गुरुङले राष्ट्रिय प्रतियोगितामध्ये सबैभन्दा व्यवस्थित रहेको उल्लेख गर्दै महासंघको क्यालेण्डरमा समावेश गरिने बताए । उनले यो प्रतियोगितामार्फत नयाँ प्रतिभा आउन गरेको र भविष्यमा पनि यसले निरन्तरता पाउन विश्वास व्यक्त गरे।
प्रतियोगिताका परिकल्पनाकार एवम् बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले गोदावरी नगरपालिकालाई पहिलो संस्करणबाटै सहयोग गरिरहेकोमा धन्यवाद दिए।
आयोजक डोजोका अध्यक्ष श्रेष्ठले जिल्ला, प्रदेश र खेलाडीले यो प्रतियोगितालाई उत्साहित भएर प्रतीक्षा गर्ने गरेको उल्लेख गर्दै नयाँ प्रतिभा पनि निस्किरहेको बताए ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]