10 months ago
February 3, 2025
सुमन अधिकारी,बुटवल
नेपाल सितेरियो कराते संघ, केन्द्रीय कमिटीको आयोजनामा सोमवार बुटवलमा ३ दिवशीय लुम्बिनी प्रदेशस्तरिय सितोरियो कराते दीक्षान्त समारोह सुभारम्भ गरिएको छ ।
आइतवारबाट सुरु गरिएको दीक्षान्त कार्यक्रमको उद्घाटन सोमवार गरिएको हो । कार्यक्रममा लुम्बिनी प्रदेशका ६ जिल्लाका करिव २ सय ५० कराते खेलाडीको सहभागिता थियो ।
दीक्षान्त कार्यक्रमलाई दुई चरणमा गर्ने योजनासहित पहिलो चरणमा प्रदेशका ६ जिल्लाहरु रुपन्देही, कपिलबस्तु, नवलपरासी, पाल्पा, गुल्मी र अर्घाखाचीका खेलाडीलाई बुटवलको कार्यक्रममा समावेश गरिएको बताइएको छ ।
दोस्रो चरणमा बाँकी जिल्लाका खेलाडीहरुलाई समावेश गरि कार्यक्रम गर्ने तयारी रहेको संघका प्रदेश अध्यक्ष सन्तोष सिंहले बताए ।
सो अवसरमा सहभागी खेलाडीहरु मध्ये १ सय ५० जनालाई फष्ट र सेकेण्ड डन तथा बाँकीलाई थर्ड डनमा अपग्रेडिङ गरिएको संघले जनाएको छ ।
दीक्षान्त समारोहमा बोल्दै नेपाल कराते महासंघका केन्द्रीय अध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव युवराज लामाले राष्ट्रको विकास र खेल गतिविधि बढाउनका लागि खेलाडीको महत्वपूर्ण भूमिका रहेको हुँदा उनीहरुले नै खेल संस्थाहरुको नेतृत्व गर्नु पर्ने बतसए ।
अध्यक्ष लामाले नेपालको खेलकुद क्षेत्रलाई राजनीतिक नेतृत्वले विकृत र क्रिडा स्थल बनाएको आरोप लगाउँदै त्यसलाई तोडेर अगाडि बढ्नु आजको आवश्यक्ता भएको जिकिर गरे।
लामाले नेपालको खेलकुदको क्षेत्रमा कराते खेलको विशिष्ट स्थान रहेको र अन्तर्राष्ट्रिय स्तरमा पदक दिलाउने विधा भएको हुँदा यसलाई विकृत नेतृत्वबाट मुक्त राख्न आफू लागेको बताए ।
करातेका नाममा एउटा समूहको मेनपावर कम्पनी चलाउने र संघसंस्थाको खेती गर्ने धन्दा रोकिएका कारण पछिल्ला दिनमा कराते महासंघको विरोधमा लागेको आरोप लगाउदै लामाले कराते महासंघ राष्ट्रिय खेलकुद परिषद र विश्व कराते महासंघको अधिन र विधिमा अगाडि बढेको स्पष्ट पारे ।
बुटवल उपमहानगरपालिकाका पूर्व प्रमुख शिवराज सुवेदीले खेलकुदको विकासका लागि आफ्नो नेतृत्वमा धेरै राम्रा कामहरु भएको बताउोदै खेलकुद क्षेत्रलाई गलत राजनीतिक हस्तक्षेपले विगार्ने काम गरेको हुँदा त्यसका विरुद्ध लाग्न खेलाडीलाई आग्रह गरे ।
लुम्बिनी प्रदेश खेलकुद परिषदका पूर्व सदस्य सचिव जयप्रकाश भट्टराईले नेपाल ओलम्पिक कमिटी (एनओसी) मा देखिएको विवादले नेपालको खेलकुद क्षेत्रलाई नै बदनाम गरेको उल्लखे गर्दै संस्थागत रुपमा नचलेका संघ र नेतृत्वलाई वर्तमान एनओसीको नेतृत्वले काखी च्यापेको आरोप लगाए ।
कार्यक्रम नेपाल सितेरियो कराते संघका अध्यक्ष दावा गुरुङको अध्यक्षता, प्रदेश सचिव नारायण थापाको सञ्चालनमा भएको कार्यक्रममा प्रदेश अध्यक्ष सन्तोष सिंहले स्वागत गरे । सिद्धार्थनगर नगरपालिकाका उपप्रमुख उमा अधिकारीलगायत उपस्थिति थियो।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]