10 months ago
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको तयारी पूरा भएको आयोजक नेपाल कराते महासंघ जिल्ला प्रमुख डोजो ललितपुर लगनखेल जनाएको छ।
सातदोबाटो स्थित नेपाल कराते एकेडेमीमा शुक्रवार सुरु हुने प्रतियोगिता तीन दिनसम्म सन्चालन हुनेछ ।प्रतियोगितामा महिला र पुरुषमा गरि १७ वटा इभेन्टमा प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा सात वटै प्रदेशका र ३ विभागीय (सेना, प्रहरी, एपिएफ) गरि २ सय १० खेलाडी सहित ४० जना अफिसियल तथा विभिन्न ५० जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निर्णायकहरुले सहभागिता रहने आयोजकले जनाएको छ ।
कुमुतेमा महिलातर्फ ४५, ५०,५५,६१,६८ केजी मुनि, ६८ केजी माथि तथा पुरुषतर्फ ५०, ५५,६०,६७,७५,८४ केजी मुनि र ८४ केजीमाथि प्रतिस्पर्धा हुनेछ। त्यस्तै महिला पुरुषमा एकल र टिम काता पनि समावेश छ।
बागमती प्रदेश युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले यो प्रतियोगिताको परिकल्पना हुने प्रतियोगितालाई गोदावरी नगरपालिकाले मुख्य प्रायोजन गरेको छ ।
यो प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक जित्न सफल खेलाडीले सिधै राष्ट्रिय कराते टोलीको छनोट राउन्ड रोविनमा खेल्न पाउने नेपाल कराते महासंघले बताइसकेको आयोजकले जनाएको छ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]