8 months ago
April 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय टिम तयारीका निर्देशक दिपक विष्ट अस्ट्रेलियामा आयोजना हुने तेक्वान्दोका दुईवटा कार्यक्रममा भाग लिन शुक्रवार त्यसतर्फ प्रस्थान गरेका छन् ।
ओलम्पियन विष्ट सोमवार आयोजना हुने न्यु साउथ वेल्स राज्य अन्तर्राष्ट्रिय ओपनमा अतिथिका रुपमा सहभागी हुनेछन्।
युथ ओलम्पियन राजन श्रेष्ठ, तेक्वान्दोका अन्तर्राष्ट्रिय खेलाडी आलोक राना र भिमसेन गौतमले स्थापना गरेको भिक्ट्री तेक्वान्दो एन्ड फिटनेस सेन्टरको बिहीवार उद्धाटनमा पनि विष्ट सहभागी हुनेछन्।
नेपाल प्रिमियर लिग (एनपिएल) टोली सुदूरपश्चिम रोयल्स का मालिक स्वतन्त्र प्रताप शाहको व्यवस्थापनमा आफू अस्ट्रेलिया जान लागेको विष्टले जानकारी दिए। विष्ट सुदूरपश्चिम रोयल्सको ब्रान्ड एम्बेसडर पनि हुन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कार्यकारी बोर्ड सदस्य कमल भट्टराई, राष्ट्रिय टिम तयारीका उप निर्देशक दिपक श्रेष्ठ र राखेपका भलिबलका मुख्य प्रशिक्षक जगदिश भट्टले विष्टलाई बिदाइ गरे।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।