7 months ago
May 18, 2025
हेटौंडा (हाम्रो खेलकुद)- बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित स्पोर्टस अवार्डमा विनोद महर्जनलाई उत्कृष्ट जिल्ला खेलकुद विकास समिति अध्यक्ष अवार्डबाट सम्मान गरिएको छ।
बागमती प्रदेशको राजधानी हेटौंडाको हुप्रा चौरमा आज आयोजित कार्यक्रममा महर्जनलाई यो अवार्ड प्रदान गरिएको हो। उनले ५० हजार रुपैयाँ पनि प्राप्त गरे।
खेल जीवन पश्चात पाएको अवसर र जिम्मेवारीलाई सकुशल निर्वाह गर्न सफल महर्जन ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हुन्। किक बक्सिङका आफ्नो समयका च्याम्पियन महर्जनले दोस्रो पटक ललितपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा निरन्तरता पाएका हुन्।
महर्जनको नेतृत्वमा १३ वटा खेलहरु समावेश गरी ललितपुर जिल्ला बृहत खेलकुद महोत्सव आयोजना भएको थियो। उनले खेलाडी तथा प्रशिक्षकको लागि गरेको विभिन्न सम्मान र कार्यक्रमको फेरिस्ता लामै छ। जसमा खेलाडी सम्मान र प्रतियोगिताहरू प्रमुख रहेका छन्।
विभिन्न प्रतियोगिताहरूमा कृष्ण प्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिताको पहिलो संस्करणदेखि चौंथो संस्करण सम्म सचिव पदको भूमिका निर्वाह गर्दै आएका छन्।
खेलकुद विकास अहोरात्र खटिएका महर्जनलाई बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयले यो अवार्ड सहित सम्मान गरेको हो।
अवार्डमा यो पटक कुल ८ विधामा १३ खेलाडी तथा खेल व्यक्तित्वलाई अवार्ड र नगद सहित सम्मान गरिएको छ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]