default_image

7 months ago

May 29, 2025

चैतन्य सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो सुरु

406 views

0 Bookmark

धनगढी (हाम्रो खेलकुद)- चैतन्य पाठशाला चैतन्य तेक्वान्दो डोजाङको आयोजना ‘तेस्रो सुदूरपश्चिम प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता २०८२’ धनगढी बिहीवार सुरु भएको छ ।

आयोजक चैतन्य पाठशालाको फुटसल मैदान शिवनगरमा ३ दिन सम्म चल्ने प्रतियोगिताको नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टको प्रमुख आतिथ्यतामा भयो ।

सुदूरपश्चिम प्रदेशका सबै जिल्लाका करिब २ सय भन्दा बढी खेलाडीको सहभागिता छ। चैतन्य पाठशालाका निर्देशक कटक बहादुर सिंहले विगतमा नगर तथा जिल्ला स्तरमा सफल प्रतियोगिता आयोजना गरेको अनुभवका आधारमा यस वर्ष प्रदेशस्तरीय प्रतियोगिता ल्याइएको जानकारी दिए ।

ओलम्पियन विष्टले वर्तमान समय तेक्वान्दो खेलमा पर्याप्त सामग्री र अवसर रहेको उल्लेख गर्दै यस्ता प्रतियोगिताले खेलाडीलाई थप हौसला प्रदान गर्ने बताए ।

‘हाम्रो देशमा विभिन्न स्तरका खेलाडी छन्। र उनीहरूले अवसर नपाउँदा मात्रै समस्या भइरहेको छ, उनले भने,’ ‘यसरी विद्यालय स्तरमा कार्यक्रम आयोजना गर्न सकेमा खेलाडीमा रहेको क्षमता प्रदर्शन हुनेछ।’

चैतन्यका अध्यक्ष गणेशप्रसाद जोशीले चैतन्यलाई शिक्षा र संस्कारको संगम र वेद तथा विज्ञानको संयोजनका रूपमा परिभाषित गर्दै समाजको समग्र विकासमा चैतन्यले उल्लेखनीय योगदान दिँदै आएको बताए।

कार्यक्रममा तेक्वान्दो प्रशिक्षक गोविन्द विष्ट, शेरवहादुर सिंह र मोहन प्रताप गुरूङलाई जनही १० हजारसहित सम्मान गरियो।

प्रतियोगिताको च्याम्पियन टोलीले ५०, दोस्रो टोलीले ३० र तेस्रो टोलीले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । वेस्ट फाइटर पुरुष र महिलाले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रमुख प्रशिक्षक जगत टमाटाज्यूले चैतन्य पाठशालाको चैतन्य स्पोर्टस एकेडेमीलाई खेल सामग्री समेत हस्तान्तरण गरे।

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

Success

Thank you for your time.