6 months ago
June 6, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेश स्तरीय दोश्रो रामनगर तेक्वान्दो प्रतियोगिता पश्चिम नवलपरासीको भुमहीमा हुने भएको छ।
सामाजिक विकास डिभिजन कार्यालय भैरहवाको आयोजना तथा सुनवल नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको समन्वयमा प्रतियोगिताजेठ २९ देखि ३१ गते सम्म हुने बताइएको छ।
रामनगर तेक्वान्दो एकेडमीको व्यवस्थापन र योङ गोर्खालिज क्लबको सहयोग हुने प्रतियोगिताको च्याम्पियन टोलीले ट्रफी प्राप्त गर्ने क्लबका अध्यक्ष टपन केवटले बताए।
प्रदेश सरकारको पनि सहयोग रहेको प्रतियोगिताको उत्कृष्ट र अनुशासित खेलाडीले विशेष पुरस्कार प्राप्त गर्नेछन् ।
भुमही स्थित रामनगर तेक्वान्दो एकेडेमी हलमा हुने प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका १२ वर्ष माथिका एकल तथा विभिन्न उमेर समूहमा पुरुष तथा महिला गरि ४ सय बढी खेलाडी सहभागी हुने क्लबका उपाध्यक्ष विशाल पौडेलले बताए ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]