default_image

6 months ago

June 22, 2025

लुम्बिनी दसौँ राष्ट्रिय हाप्किडो च्याम्पियन

381 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

लुम्बिनी प्रदेश दसौँ राष्ट्रिय हाप्किडो प्रतियोगिताको च्याम्पियन बनेको छ ।

बुटवलमा शनिवार सकिएको प्रतियोगितामा २१ स्वर्ण, १८ रजत र ३० कास्य पदक सहित लुम्बिनी विजेता बनेको हो ।

११ स्वर्ण, ९ रजत र २३ कास्य जित्दै सुदूरपश्चिम प्रदेश दोस्रो तथा ११ स्वर्ण, ४ रजत र १२ कास्य पदकसहित कोशी प्रदेश तेस्रो भयो ।

मिग्मा गुरुङ महिलातर्फ र प्रशन्त श्रेष्ठ पुरुषतर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए।

पुरुषमा हर्क बहादुर कामी उदीयमान र अनुशासित खेलाडी चुनिए । महिलामा अंकिता जिएम अनुशासित खेलाडी घोषित भइन्। पुरुषमा विशाल थापा र महिलामा रुपा बुढामगर उत्कृष्ट रेफ्री घोषित भए।

राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्य, राखेपका सदस्य हिमाल श्रेष्ठ, नेपाल हाप्किडो संघका संस्थापक तथा अध्यक्ष काली बहादुर घर्तीमगर, एथलेटिक्स प्रशिक्षक मोहन घले लगायत विजेता खेलाडीलाई पुरस्कृत गरे।

३ दिन सम्म चलेको प्रतियोगितामा फाइटिङ, सेल्फ डिफेन्स तथा हाई फल र लङ फल अन्तरगतका इभेन्टहरूमा क्याडेट, जुनियर तथा सिनियर डिभिजनमा पुरुष तथा महिला तर्फ विभिन्न तौल, उमेर र बेल्ट अनुसार प्रतिस्पर्धा गराइएको थियो ।

प्रतियोगितामा ७ प्रदेशबाट छनोट भएका खेलाडी, प्रशिक्षक, रेफ्री, निर्णायकगरि करिब ३ सयको सहभागिता थियो ।

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

Success

Thank you for your time.