default_image

4 months ago

July 20, 2025

अस्ट्रेलियामा तामाङले खोले गुर्खाज तेक्वान्दो

776 views

0 Bookmark

सिड्नी (हाम्रो खेलकुद) – नेपाली तेक्वान्दो खेलाडी रोहित तामाङले अस्ट्रेलियाको न्युक्यासलमा तेक्वान्दो एकेडेमी स्थापना गरेका छन् ।

पूर्व अन्तर्राष्ट्रिय खेलाडी तथा ५ पटकका राष्ट्रिय च्याम्पियन रोहितले करिव एक महिनाअघि न्युक्यासलमा गुर्खाज तेक्वान्दो एकेडेमीको स्थापना गरेका हुन् । हाल एकेडेमीमा १३ जनाले प्रशिक्षण लिइरहेका छन् ।

यसअघि जीवन श्रेष्ठले सन् २०२० मा सिड्नीमा यो एकेडेमीको स्थापना गरिसकेका छन् । यस्तै इस्ट मेटल्यान्डमा एक वर्षअघि तामाङ र उज्वल गुरागाईं मिलेर एकेडेमीको स्थापना गर्दा यसवर्ष न्यु क्यासलमा उनी आँफैले एकेडेमीको स्थापना गरेका हुन् ।

मेटल्यान्ड र न्युक्यासलमा गरेको अहिले २८ जनाले निरन्तर प्रशिक्षण गरिरहेको प्रशिक्षक तामाङले जानकारी गराए ।

‘तेक्वान्दोप्रतिको आफ्नो लगावकै कारण नयाँ पुस्तालाई पनि तेक्वान्दो प्रति लगाव बढाउन एकेडेमीको स्थापना गरेका छौं, ’ मुख्य प्रशिक्षक तामाङले भने, ‘तेक्वान्दोलाई अझ उच्च स्तरमा पुर्याउने उद्देश्यका साथ आफ्नो प्रशिक्षणमार्फत विद्यार्थीहरूमा अनुशासन, आत्मविश्वास र समुदायको भावना विकास गर्ने प्रयास हो । तेक्वान्दोले मेरो जीवन नै परिवर्तन गरेको छ । अब म यसलाई अरुको जीवन निर्माणमा प्रयोग गर्न चाहन्छु ।’

नेपालमा हुँदा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमा आबद्ध रहेका उनी चौथो डान ब्ल्याक बेल्ट हुन् । उनले नेपालबाट लन्डन ओपन च्याम्पियनसिपमा रजत पदक जितेका छन् ।

यस्तै उनले नेपालबाट थाइल्यान्डमा ओलम्पिक छनोट खेलसँगै कोरियन ओपनजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागिता जनाइसकेका छन् ।

नेपालको सिन्धुपाल्चोकमा जन्मिएका तामाङ आफ्नो उज्जल भविष्यको लागि २०१७ मा अष्ट्रेलिया आएका थिए । यहाँ आएपनि उनले आफ्नो तेक्वान्दो कर्मलाई छाडेका छैनन् ।

अष्ट्रेलियामा उनले न्यु साउथ वेल्स (एनएसडब्लु) च्याम्पियनसिपमा स्वर्ण र गोल्डकोस्ट ओपनमा रजत पदक जितेका थिए । खेलाडी हुँदै उनी अहिले प्रशिक्षकका रुपमा सक्रिय छन् ।

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

October 27, 2025

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालकी कराते स्टार खेलाडी एरिका गुरुङले विश्व कराते च्याम्पियनसिप खेल्ने भएकी छिन्। एसियाली खेलकुद र एसियन च्याम्पियनसिपकी एक मात्र रजत पदक विजेता नेपाली एरिकाले युनिभर्सालिटी कोटा मार्फत च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने नेपाल कराते महासंघले जनाएको छ। एरिकाको सहभागिताका लागि युनिभर्सालिटी कोटा मार्फत अवसर मिलेको विश्व कराते महासंघले पठाएको पत्रमा उल्लेख छ। एरिकाले […]

October 27, 2025

भूपेन्द्रलाई विश्व मार्सल आर्ट्समा स्वर्णसहित ३ पदक

काठमाडौं (हाम्रो खेलकुद)- भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा ३ पदक जितेका छन् । अमेरिकाको बोस्टनमा आइतवार प्रतियोगितामा भूपेन्द्रले ३ फरक स्पर्धामा २ स्वर्ण र १ रजत पदक जितेका हुन् । वर्ल्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा भएको प्रतियोगितामा भूपेन्द्रले ताइची छ्वान ओपन ह्यान्ड र छाङ छ्वानमा स्वर्ण पदक जिते । उनले ताइची छ्वान […]

Success

Thank you for your time.