default_image

5 months ago

July 20, 2025

कोरियामा रमिलाले पुम्सेमा स्वर्ण जितिन्

972 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- काभ्रे बेथानचोक गाउँपालिकाकी रमिला तामाङले कोरियमा जारी सङनामकोरिया ओपन अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप २०२५ मा स्वर्ण पदक जितेकी छिन्

कोरियामा जारी देइगु वर्ल्ड युनिभर्सिटी एण्ड छुछेन कोरिया इन्टरनेशनल तेक्वान्दो च्याम्पियनसिपमा शनिवार पुम्सेको ३० वर्ष मुनीको उमेर समूहमा कोरियन खेलाडीलाई पराजित गर्दै रमिलाले पहिलो स्थान प्राप्त गरिन्।

नेपाल पुलिस क्लबकी ‌रमिलाले जितले आत्मविश्वास बढाएको र आउने दिनमा उत्कृष्ट नतिजाका लागि प्रयास गर्ने बताइन् ।

बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले रमिला बधाई दिँदै उनको सफलताले गाउँपालिकाको शान बढाएको बताएकस छन् ।

बेथानचोक ५ स्थित टाङ्गी टोलकी रमिला २०७४ मा पुलिस क्लबमा आबद्ध भएकी थिइन्।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.