default_image

4 months ago

July 20, 2025

अन्तराष्ट्रिय तेक्वान्दोमा नेपाललाई ७ स्वर्ण

524 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- कोरियाको सिओङनाम ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण, १ रजत र १ कास्य सहित ७ पदक जितेको छ।

सीता तामाङ र प्रेम बहादुर लिम्बुले २ स्वर्ण पदक जितेका छन्। ४० वर्ष उमेर समूहमा उनीहरूले  इन्डिभिज्योल र पेयरतर्फ दुई स्वर्ण जितेका हुन्।

३० वषको उमेर समुहमा रमिला तामसङले इन्डिभिज्योलतर्फ‌ स्वर्ण पदक जितिन्। जित बहादुर बोट र अञ्जन चौधरीको जोडीले ४० वर्ष उमेरमा स्वर्ण पदक जित्यो ।

इन्डिभिज्योलतर्फ‌ जितले रजत र अञ्जनले कास्य पदक जिते । यो प्रतियोगितामा‌ ५ खेलाडीको सहभागिता रहेको थियो।

यस्तै पार्क चुंग-ही कप इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालका अश्मिन राउत र निशा दर्नालले समान एक स्वर्ण र एक रजत पदक प्राप्त गरेका छन्।

३० वर्षको उमेर समूहमा उनीहरुले पेयरतर्फ रजत र इन्डिभिज्योलतर्फ‌ स्वर्ण पदक जिते।

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

October 27, 2025

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालकी कराते स्टार खेलाडी एरिका गुरुङले विश्व कराते च्याम्पियनसिप खेल्ने भएकी छिन्। एसियाली खेलकुद र एसियन च्याम्पियनसिपकी एक मात्र रजत पदक विजेता नेपाली एरिकाले युनिभर्सालिटी कोटा मार्फत च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने नेपाल कराते महासंघले जनाएको छ। एरिकाको सहभागिताका लागि युनिभर्सालिटी कोटा मार्फत अवसर मिलेको विश्व कराते महासंघले पठाएको पत्रमा उल्लेख छ। एरिकाले […]

October 27, 2025

भूपेन्द्रलाई विश्व मार्सल आर्ट्समा स्वर्णसहित ३ पदक

काठमाडौं (हाम्रो खेलकुद)- भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा ३ पदक जितेका छन् । अमेरिकाको बोस्टनमा आइतवार प्रतियोगितामा भूपेन्द्रले ३ फरक स्पर्धामा २ स्वर्ण र १ रजत पदक जितेका हुन् । वर्ल्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा भएको प्रतियोगितामा भूपेन्द्रले ताइची छ्वान ओपन ह्यान्ड र छाङ छ्वानमा स्वर्ण पदक जिते । उनले ताइची छ्वान […]

Success

Thank you for your time.