default_image

4 months ago

July 28, 2025

पारा तेक्वान्दो टोली मलेसिया जाने

394 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- दसौं एसियाली जुनियर, क्याडेट तथा पारा तेक्वान्दो च्याम्पियनसिप (जि ४) मा सहभागी हुन ५ खेलाडीसहित ७ सदस्यीय नेपाली टोली मंगलबार मलेसियाको सरावक जाने भएको छ ।

जुलाइ २४ देखि सुरु भएको प्रतियोगिता अगष्ट १ तारिखसम्म सञ्चालन हुनेछ । पाराको ग्योरोगीतर्फको खेल अगष्ट १ तारिखमा हुनेछ ।

पाँचै खेलाडीले के–४४ क्याटगोरीअन्तर्गत विभिन्न तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ५८ केजीमुनि ओलम्पियन भरतसिंह महता तथा ६३ केजीमुनि अमिर भ्लोनले प्रतिस्पर्धा गर्ने छन् ।

महिला ५७ केजीमुनि पेरिस पारालिम्पिक तथा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा गोबर्धन तथा ४७ केजीमुनि कामना प्रसाईं र रेणु तामाङले खेल्ने छन् ।

कामना र रेणुको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । चीनको सांघाईमा अध्ययन गरिरहेकी पलेशा त्यत्तैबाट मलेसिया जाने छिन् ।

व्यवस्थापकमा राखेपका सदस्य रामचन्द्र श्रेष्ठ तथा प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । नेपालले सुरुको संस्करणदेखि नियमित रुपमा प्रतियोगितामा सहभागी हुँदै आएको छ ।

यो अवधिमा नेपालले १ रजत र ५ गरी ६ पदक जितेको छ । रञ्जना धामीले रजत र कांस्य जितेकी छन् । पलेशा, अरुण शाक्य, सीता भण्डारी र रोहितहाङ राईले कांस्य प्राप्त गरेका छन् । प्रतियोगितामा ४५ राष्ट्रका १ सय ५० खेलाडीको सहभागिता रहने प्रशिक्षक लामाले जनाएका छन् ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, राखेपका सदस्य हिमालकुमार श्रेष्ठ र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सोमबार एक कार्यक्रमबीच बिदाइ गरे ।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले नेपाली पारा तेक्वान्दो ‘ब्रान्ड’ का रुपमा स्थापित भइसकेको धारणा राख्दै अन्तर्राष्ट्रिय मन्चमा पारा तेक्वान्दोले हासिल गरेको उपलब्धिलाई यो टोलीले पनि निरन्तरता दिने विश्वास व्यक्त गरे ।

निर्देशक विष्टले पारा तेक्वान्दोमा एसिया बलियो क्षेत्र भएकाले यो प्रतियोगितामा पदक जित्न सके ओलम्पिकमा पदक जित्ने सम्भावना प्रबल हुने बताए ।

प्रशिक्षक लामाले वरीयता सुधारका लागि प्रतियोगिता महत्वपूर्ण भएकोले यो प्रतियोगिताबाट वरीयता सुधार गर्न सके ओलम्पिकमा सहभागिता सहज हुने बताए ।

November 17, 2025

जेम्स स्कुल सेल्फ डिफेन्स कार्यशाला

ललितपुर (हाम्रो खेलकुद)- धापाखेलस्थित जेम्स स्कुलमा रोटाकिड्स नेपालले रोटरी ई क्लब अफ डिस्ट्रिक्ट ३२९२, नेपाल र थन्डरबोल्ट्स डेभलपमेन्ट सेन्टरको सहकार्यमा ‘सेल्फ–डिफेन्स कार्यशाला २०२५’ आयोजना गरेको छ। ८ देखि १४ वर्ष उमेरका करिब ५० बालबालिकालाई लक्षित कार्यशालामा व्यक्तिगत सुरक्षा, स्थितिजन्य सजगता र आधारभूत आत्म–रक्षा सीप सिकाइयो। बालबालिकाको आत्मविश्वास, सजगता र सुरक्षाबोध बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको […]

November 11, 2025

मानन्धर, श्रेष्ठ र गुरुङलाई सम्मानित

सुशील पन्त क्षेत्री,चितवन नारायणी नदी किनारमा जारी खेलकुद तथा बृहत व्यापार महोत्सवमा ओलम्पियन बैकुण्ठ मानन्धर, सागका दोहोरो स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, एसियाली खेलकुदकी कीर्तिमानी पदक विजेता करातेकी एरिका गुरुङ सम्मानित भएका छन् । आयोजक चितवन जिल्ला खेलकुद विकास समितिले आज उनीहरुलाई सम्मान गरेको हो । नेपाली खेलकुद क्षेत्रमा पुराएको योगदानको कदर गर्दै समितिले महोत्सवको […]

October 27, 2025

एरिकाले विश्व कराते च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपालकी कराते स्टार खेलाडी एरिका गुरुङले विश्व कराते च्याम्पियनसिप खेल्ने भएकी छिन्। एसियाली खेलकुद र एसियन च्याम्पियनसिपकी एक मात्र रजत पदक विजेता नेपाली एरिकाले युनिभर्सालिटी कोटा मार्फत च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने नेपाल कराते महासंघले जनाएको छ। एरिकाको सहभागिताका लागि युनिभर्सालिटी कोटा मार्फत अवसर मिलेको विश्व कराते महासंघले पठाएको पत्रमा उल्लेख छ। एरिकाले […]

Success

Thank you for your time.