4 months ago
August 1, 2025
काठमाडौं (हाम्रो खेलकुद)- मलेसियामा जारी १० औं एसियाली पारा तेक्वान्दो च्याम्पियनसिप (जी ४) मा पलेशा गोवर्धनले कास्य पटक जितेकी छिन्।
कुचिङमा भएको च्याम्पियनसिपको के-४४ क्याटगोरीको
सेमिफाइनलमा पलेशा चीनकी ली युज्जीसँग पराजित भइन्। यो खेलमा लीले पलेशालाई पहिलो राउन्डमा ४-० र दोस्रो राउन्डमा १०-० ले सहजै माथ दिइन्।
सेमिफाइनलमा १४-० ले हारेकी पलेशाले कास्य पदकमा चिक्त बुझाइन्। यसअघि उनले क्वाटरफाइनलमा उज्वेकिस्तानकी जुराएभा कमोलालाई २३-६ ले हराएकी थिइन्।

उनको यो करियरको छैटौं अन्तराष्ट्रिय पदक हो। युथ एशियन गेम र एशियली पारा ओलम्पिक्समा स्वर्ण जितेकी थिइन्।
पेरिस पारा ओलम्पिक्स, एशियन गेम र एशियन च्याम्पियनसिपमा कास्य हात पारेकी थिइन्। उनी नेपालको लागि ओलम्पिक्सबाट पदक जित्ने पहिलो नेपाली खेलाडी हुन्।
प्रशिक्षक कविराज नेगी लामाको प्रशिक्षणमा नेपालले जितेको यो १२ औं अन्तर्राष्ट्रिय पदक हो। उनको नेतृत्वमा नेपाली पारा तेक्वान्दोबाट ३ स्वर्ण, २ रजत र ७ कास्य पदक प्राप्त भएको छ ।
सहभागी अन्य खेलाडी भरत सिंह महता, अमिर ब्लोन, कामना प्रसाई र रेणु तामाङ पहिलो चरणबाट बाहिरिए।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।