default_image

4 months ago

August 1, 2025

डब्लुएफकेओको रेफ्री तथा प्रशिक्षक सेमिनार सुरु

338 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- विश्व फुल कन्ट्याक्ट किकबक्सिङ संगठन (डब्लुएफकेओ) को आयोजना बेल्ट ग्रेडिङ, रेफ्री तथा प्रशिक्षक सेमिनार सुरु भएको छ। कार्यक्रममा डब्लुएफकेओका अध्यक्ष ब्रायन डब्लु बेकको उपस्थिति थियो।

पूर्व युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठले खेलकुदको माध्यमबाट युवामा अनुशासन, आत्मविश्वास र नेतृत्व विकास हुने विश्वास व्यक्त गरे ।

डब्लुएफकेओ नेपालका महासचिव बिन्दा नेपालीले भोलिदेखि ४ दिने बेल्ट ग्रेडिङ, रेफ्री प्रशिक्षण तथा प्रशिक्षक तालिम सेमिनार किकबक्सिङ खेलको अन्तर्राष्ट्रिय स्तरको ज्ञान, सीप र मूल्यांकन विधिमा केन्द्रित हुने बताइन् ।

डब्लुएफकेओका अध्यक्ष बेकले भने,’नेपालमा किकबक्सिङप्रतिको लगाव र समर्पण अद्भुत छ। यो सेमिनारले नेपालको किकबक्सिङ प्रतिभालाई विश्व मञ्चमा पुर्‍याउने लक्ष्य लिएको छ।’

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.