4 months ago
August 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- न्युजेन तेक्वान्दो एकेडेमीका खेलाडीले अर्को साता मलेसियामा हुने सातौँ हिरोज इन्भिटेसनल तेक्वान्दो कपमा प्रतिस्पर्धा गर्ने भएका छन्।
एकेडेमीका सम्राज्ञी क्षेत्री, रायन अर्याल, रिया अर्याल, स्वामिक महतरा र विष्णु महतरा सहित ५ सदस्यीय टोली प्रशिक्षक सुप्रेम गुरुङको नेतृत्वमा प्रतियोगितामा सहभागी हुनेछ। प्रतियोगिता साउन २२ गते सुरु हुनेछ।
खेलाडी तथा अफिसियललाई आज दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता आयशा शाक्य रकलाकार सन्दीप क्षेत्रीले बिदा गरे।
आयशाले युवा खेलाडीहरूलाई जित वा हारको डर विना उत्कृष्ट प्रदर्शन गर्न शुभकामना दिइन्।
हिरोज इन्भिटेसनल कपले विभिन्न देशका तेक्वान्दो खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। युवा खेलाडीहरूको लागि एकमसोपजरको रुपमा यो प्रतियोगिता रहनेछ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।