default_image

4 months ago

August 8, 2025

५७ औं कराते राष्ट्रिय प्रतियोगिता दोलखामा हुने

718 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल कराते महासंघको आयोजनामा ५७ औँ राष्ट्रिय कराते प्रतियोगिता दोलखाको‌ चरिकोटमा हुने भएको छ।

महासंघको बिहीवार बसेको बैठकले राष्ट्रिय प्रतियोगिता
भदौको अन्तिम वा असोजको पहिलो साता आयोजना गर्ने निर्णय गरेको छ।

त्यस्तै महासंघले रिक्त महासंघमा कृष्ण गौतमदलाई नियुक्त गरेको छ । तत्कालीन कोषाध्यक्ष किशोर भट्टराई र सदस्य गोपाल महर्जनको राजीनामा स्वीकृत गरेको‌ छ ।

महासंघले अबदेखि दक्षिण एसियन कराते महासंघ (क्याडेट, जुनियर २१, सिनियर), एसियाली कराते महासंघ तथा विश्व कराते महासंघले आयोजना गर्ने सिनियर च्याम्पियनसिपमा सहभागी हुने खेलाडीका लागि भिसा शुल्क, दर्ता शुल्क, आवास तथा बसोबासको व्यवस्था महासंघले गर्ने र हवाई टिकटको खर्च सहभागी  बेहोर्ने निर्णय गरेको छ।

यसअघि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीले आधा र महासंघले आधा बेहोर्दै आएको थियो।

महासंघको विधान विपरीत कार्य गरेको पुष्टि भएकाले प्रशिक्षक प्रभाकर राणा र प्रविण राणालाई महासंघका कुनै पनि कार्यक्रम वा गतिविधिमा सहभागी हुन प्रतिबन्ध लगाउने निर्णय गरेको महासंघले जनाएको छ।

कोशी प्रदेश खेलकुद विकास बोर्डले खेलकुद विकास ऐन २०७७ विपरीत कराते महासंघलाई विघटन तथा पुनःगठन गर्ने कार्य गरेको देखिएले त्यो कार्य ऐनअनुसार नभएको भनी राष्ट्रिय खेलकुद परिषद्को ध्यानाकर्षण गराउने निर्णय पनि महासंघले गरेको छ।

त्यस्तै महासंघ अन्तर्गतका खेलाडी, प्रशिक्षक र पदाधिकारीको बीमा प्रक्रिया अगाडि बढाउन कोषाध्यक्ष गौतमलाई फोकल पर्सन तोकिएको छ।

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

Success

Thank you for your time.