4 months ago
August 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा ८ स्वर्ण, ४ रजत र १ कास्य पदकका साथ दुबई शाखा टोखा च्याम्पियन भएको छ।
टोखामा भएको अन्तर टोखा र तारकेश्वर नगरबीच शनिवार भएको प्रतियोगितामा १ सय ५० खेलाडीको सहभागिता थियो।
महिला २०-२५ केजीमा आयुष्मा स्याङतान,२६-३० केजी निमिता शाही, ३०-३५ केजी रेशु तामाङ, ३१- ३५ केजीमा रक्षा सापकोटा, ३६-४० केजी झरना संज्याल, ४६-५० केजी पूजा संज्याल, ५१-५५ केजी अस्मिता शाह विजयी भएका छन्।

पुरुष २०-२५ केजी स्वयम पोखरेल, २६-३० केजीमा पवन गुरुङ, ३१-३५ केजीमा प्रेम नगरकोटी, ३६-४० केजीमा साजन छन्त्याल, ४१-४५ केजीमा समित आर्गियो, ४६- ५० केजीमा विवेक परियार, ५१-५५ केजीमा सुदीन गौतम, ६१-६५ केजीमा पुष्कर रोकाया विजयी भएका छन्।
महिलातर्फ पूजा सन्ज्याल,रविना लामा, सुप्रिमा धामी उत्कृष्ट घोषित भए। पुरुषतर्फ पुष्कर रोकाया, निराजन बोहोरा, युवराज खड्का, प्रेम नगरकोटी र राजकुमार तामाङ उत्कृष्ट चुनिए।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।