3 months ago
September 20, 2025
सुशील पन्त क्षेत्री,चितवन
चितवन जिल्ला तेक्वान्दो संघको अध्यक्षमा शैलेश श्रेष्ठ निर्वाचित भएका छन् । आज सौराहा सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट श्रेष्ठ अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनबाट संघको उपाध्यक्षमा धनबहादुर दराई तथा कोषाध्यक्षमा प्रदीप श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरुमा सुरज पौडेल, बिक्रम श्रेष्ठ, रन्जन तामाङ, सोमराज दराई र सुस्मिता थापा चयन भएका छ्न् ।

नवनिर्वाचित कार्यसमितिले आजै पद तथा गोपनियताको शपथ पनि लिएका छन् । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि चितवन जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजन कार्कीले नयाँ कार्यसमितिलाई सफलताको कामना गरे ।
उनले खेलकुदलाई राजनीति भन्दा टाढा राख्न सबै संघ संस्थाहरुलाई अनुरोध पनि गरे । यस्तै उनले जिल्लाका खेलसँग सम्बन्धित सबै संघ संस्थाहरुलाई जिल्ला खेलकुदसँग समन्वय गरेर अघि बढ्न आग्रह गरे । उनले संघ पनि सबैसँग सहकार्य र समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।