default_image

2 months ago

October 3, 2025

एरिकाको अर्को ठूलो सफलता

497 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली स्टार कराते खेलाडी एरिका गुरुङले करातेमा अर्को ठूलो सफलता हासिल गरेकी छिन्

एरिकाले मलेसियामा जारी कराते वान सिरिज एको स्वर्ण पदक जितेकी छिन्। उनले ६८ केजीमाथि पहिला स्थान प्राप्त गरेकी हुन्।

एरिकाले फाइनलमा तेस्मिन मास्क्नीलाई २-० ले हराउँदै स्वर्ण पदकको सफलता प्राप्त गरिन्। यसअघि उनले सेमिफाइनलमा चेक रिपब्लिकका हकोभा अमाल्जीलाई ७-० ले माथ दिएकी थिइन्।

त्यसअघि उनले प्रि क्वाटरफाइनलमा पोर्चुगलकी लोरेन्जो हेलनालाई ८-० र क्वाटरफाइनलमा जर्मनीकी जर्मनीकी रोहलमान चार्लोटलाई ४-० लर माथ दिएकी थिइन्।

नेपालकी सर्वाधिक सफल कराते खेलाडी एरिकाले यसअघि १९ औं एसियाली खेलकुद तथा २०औं सिनियर एकेएफ च्याम्पियनसिपमा ऐतिहासिक रजत जितेकी थिइन्।

उनले विश्व चर्चित कराते-१ प्रिमियर लिगमा पनि कास्यको सफलता प्राप्त गरेकी थिइन्। आज उनले आफ्नो करियरमा अर्को सफलता प्राप्त गरिन्।‌

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.