default_image

10 years ago

August 4, 2015

मास्टर गणेश गुरुलाई सम्मान

256 views

0 Bookmark

तेक्वान्दो खेलको विकास र विस्तारमा सदा अग्रसर रहेका हङकङ्ग निवासी टप माउन्टेन तेक्वान्दो संघका अध्यक्ष एवं प्रशिक्षक मास्टर गणेश गुरुङ्गलाई दोश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपको आयोजकका तर्फबाट सोमबार केन्द्रिय डोजो त्रिपुरेश्वरमा एक कार्यक्रमविच सम्मान गरियो ।

मास्टर गणेश गुरुलाई सम्मान

मास्टर गणेश गुरुलाई सम्मान

नेपाल तेक्वान्दो संघका उपाध्यक्ष श्री संजीव रेग्मीले उनलाई कदर पत्र सहित सम्मान गरेका थिए ।
पहिलो माउन्ट एभरेष्ट तेक्वान्दो च्याम्पियनसिपको सफलता पश्चात आयोजना गरिएको दोश्रो माउन्ट एभरेष्ट तेक्वान्दो च्याम्पियनसिपलाई सफल बनाउन मास्टर गुरुङ्गले खेलेको भूमिकाको कदर गर्दै उनलाई च्याम्पियनसिपको आयोजकको तर्फबाट सम्मान गरिएको हो । गुरुङ्गले उक्त तेक्वान्दो प्रतियोगितालाई सफल बनाउनका लागि आफ्नो तर्फबाट १ लाख ३० हजार र आफ्ना खेलाडीहरु तथा अन्यबाट गरि कुल २ लाख ३६ हजार ६ सयको सहयोग गरेको कार्यक्रममा जानकारी गराईयो । यसका साथै हङ्गकङ्गमा आयोजना हुने प्रतियोगिताहरुमा उनले तेक्वान्दो खेलाडीहरुलाई सक्दो सहयोग गर्दै आईरहेको समेत कार्यक्रममा जानकारी गराईयो । सो अवसरमा दक्षिण एशियाली स्वर्ण तथा एयिशाली कास्य पदकधारी मनिता शाहीले गुरुङ्गलाई एभरेष्ट तेक्वान्दोको भेष्ट प्रदान गरेकी थिईन् ।
३–५ मे २०१४ मा आयोजित दोश्रो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपालले ९ स्वर्ण ५ रजत र १० कास्य पदक प्राप्त गर्न सफल भएको थियो ।
उक्त अवसरमा बोल्दै प्रमुख अतिथी एवं नेपाल तेक्वान्दो संघका उपाध्यक्ष संजीव रेग्मीले पहिलो प्रतियोगिताका सफलता पश्चात राज्यको रातो कितावमा पर्न सफल एभरेष्ट तेक्वान्दो च्यामिपयनसिपलाई पूर्ण रुपमा सफल पार्न आर्थिक अभाव हुने तर्फ ईंगित गर्दै सानो भन्दा पनि सानो सहयोग ठुलो हुने भन्दै मास्टर गुरुङ्गले तेक्वान्दो संघले गरेको साने आग्रहलाई स्विकार गर्दै गरेको आर्थिक सहयोग तेक्वान्दोको लागि ठुलो भएको बताए । उनले तेक्वान्दो खेलको विकासमा स्वदेशमा मात्र नभई बिदेशमा समेत हर पल लागि परि रहेका गुरुङ्गलाई नेपाल तेक्वान्दो संघलाई भब्य सम्मान गर्न आफुले घच्घचाउने भन्दै आगामी दिनमा समेत गुरुङ्गबाट सहयोगको अपेक्षा रहेको बताए ।
मास्टर गुरुङ्गले आफु तेक्वान्दोको खेलाडी र प्रशिक्षक रहेकोले हङ्गकङ्गमा बसेर टप माउन्टेन तेक्वान्दो संघ मार्फत तेक्वान्दो खेलको विकासमा सदा लागि रहेको भन्दै आफुले दोश्रो माउन्ट एभरेष्ट तेक्वान्दो च्याम्पियनसिपमा आफु र आफ्ना खेलाडीहरुको तर्फबाट केहि रकम सहयोग गरेको बताए । उनले हालै नेपालमा गएको विनासकारी भुकम्पका कारण बिपतमा परेकाहरुलाई पनि सहयोग गरेको बताए । उनले तेक्वान्दो खेलको बिकास गर्ने सिलसिलामा पोखरा र चितवनमा समेत आफ्नो टप माउन्टेन तेक्वान्दोको शाखा स्थापना गरेको जानकारी गराए ।
प्रमुख प्रशिक्षक ध्रुव गुरुङ्गले तेक्वान्दो खेलको विकासमा गुरुङ्गले गरेको सहयोगको लागि धन्यबाद प्रदान गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरे ।
उक्त अवसरमा बोल्दै प्रशिक्षक नोर्बु लामाले मास्टर गुरुङ्गको सहयोगको प्रशंसा गर्दै बिदेशमा मात्र नभएर स्वदेशमा पनि तेक्वान्दोलाई माया गर्दै सदा सहयोग गर्ने गुरुङ्गलाई यती सानो सम्मानले नपुग्ने भन्दै नेपाल तेक्वान्दो संघको तर्फबाटनै भव्य सम्मान गर्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा तेक्वान्दोका बरिष्ठ प्रशिक्षक मिन थापा, प्रशिक्षक मनोज खड्गी र हेमन्त डाागी, राष्ट्रिय टिमका खेलाडीहरुको उपस्थिती रहेको थियो ।

December 18, 2025

पदक विजेता रेनु सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]

December 12, 2025

रेनुले युथ एसियाली पारा गेम्समा कास्य जितिन्

काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]

December 5, 2025

मिसन २०२६ का गीता र अभिषेकले स्वर्ण पदक जिते

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले‌ सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]

Success

Thank you for your time.