10 years ago
November 7, 2015
काठमाडौ २१ कात्तिक । एसियन किक बक्सीङमा स्वर्ण पदक विजेता सन्तोष खड्काको सम्मानलाई शनिबार एक कार्यक्रमका विच सम्मान गरीएको छ|
भारतको पुनेमा भएको वाको एसियन किक बक्सीङमा पदक विजेता खेलाडी खड्कालाई बानेश्वर डोजो तथा साथीहरुले नगद एक लाख ५१ रुपैया नगद सम्मान र सम्मान पत्रद्धारा सम्माने गरे । बानेश्वरमा अआयोजित पत्रकार सम्मेलनमा खड्कालाई पुर्व वडा अध्यक्ष समेत रहेका प्रमुख अतिथी दिपक खरेल,राष्ट्रिय खेलकुद परिषदका सहायक प्रमुख प्रशिक्षक तुलसी महर्जन र समाजसेवी तथा अतिथीद्धय प्रवल थापा र रोहीत देवकोटाले सम्मान गरे । मार्सल आर्टको निकै खतरानाक खेलको रुपमा रहेको किक वक्सीङमा उत्कृष्ट प्रदर्शन गर्दै ८१ तौल समुह अन्तर्गत किक लाइट विधातर्फ भारतका चार पटकका राष्ट्रिय च्याम्पियन अतुल घुलेलाई पराजित गर्दै स्वर्ण र सोही तौल अन्तर्गत फुलकन्ट्याक्ट बिधातर्फ रजत पदक हात पारे ।

सो अवसरमा उनले राज्यले बेवास्ता गरेतापनि साथीहरुको सहयोगले आफूलाई थप हौसला बढाएको बताए । विगत लामो समय नेपाली खेल क्षेत्रमा सन्तोष खड्काको विशिष्ट योगदान रहदै आएको नेपाली खेल समाजमा सर्बविधितै छ । वि.स २०५१ सालदेखि बानेश्वर डोजोबाट खेलक्षेत्रमा प्रवेश गरेका थिए । २०३३ सालमा झापामा जन्मेका खड्का एक समय नेपाली खेलकुद क्षेत्रका उम्दा खेलाडी हुन । सानै उमेरदेखि खेलप्रति लगावका कारण पढाई बिचमा छोडेर खेलतर्फ नै होमीए । आफ्नो खेल करियरको पहिलो खेल, ह्वाइट बेल्टमा नै उनले रजत पदक हात पारेका थिए । पहिलो खेलमा तत्कालिन समयमा उनी आफू भन्दा ठुलो वेल्टका खेलाडी तथा हालका राष्ट्रिय टोलीका प्रशिक्षक दिपक श्रेष्ठसगँ पराजित हुदै रजत पदकमा सिमीत भएका थिए ।
यसरी राष्टको लागि २१ वर्षसम्म सम्म समर्पीत भएका खड्काले राष्ट्रियस्तरमा २० तथा अन्र्तराष्ट्रिय स्तरमा १० पदक हात पारी सकेका छन् । बानेश्वर शाखा डोजोका प्रशिक्षकद्धय तुलसी महर्जन र जानकी महर्जनको प्रशिक्षणमा उनि नवौ सागको छनोटमा आठौ सागका स्वर्ण पदक विजेता रवि महर्जनलाई पराजित गर्दै छनोट भए । तथापी पाकिस्तानको इस्लामावादमा सम्पन्न हुने उक्त प्रतियोगिता अमेरिकामा आतकंवादी हमलापछि स्थगन हुन पुग्यो । त्यससगै निकै हतोत्साहीत भए । पछि अस्वस्थ रहेका खड्का पुनह खेलमा भएको छनोट पराजित भए । खड्का सहभागी भएको प्रतियोगितामा उनि सितीमिती खाली हात फर्कनु परेको छैन् । रिङमा प्रतिद्धन्दीलाई एक दुई मिनेट भन्दा बढि टिक्न नदीइकन नकआउट गर्न माहीर मानीन्छन् । ज्यान माया मारेर खड्का खेल्दा खेल्दै दात झरे भने हात पनि फ्याक्चर भइसकेका छन् । परिवारमा आर्थीक समस्या र खेलकै भरमा आर्थीक गुजरा चल्न नसकेका पछि उनि खेलक्षेत्रमा बाट केही समय टाढिए ।
तथापी पछि खेल मोहले ६ वर्षपछि चारदशकको उमेरमा उनि भारतको पुनेमा भएको वाको एसियन किक बक्सीङमा नेपाल लागि ज्यान नै दाउमा खेले । खेल क्षेत्रमा सफलता हात पारेका सहकर्मीहरु विदेश पलायन हुदा समेत उनि भने देश कै खेल क्षेत्रमा समर्पीत भएपनि राज्यका कुनै पनि उच्च निकायको आखामा परेनन् । भन्ने गरीन्छ खेलाडी राष्ट्रको गहना हुन तर उनि भने यस भनाईभित्र अटाएनन् । अन्तमा चालीसको हाराहारी पुगेसकेकाले खेललाई बिट मार्ने योजनामा रहेका सन्तोष खड्कालाई राज्यस्तरबाट उचित सम्मान र मल्याङ्कन हुनु पर्दछ ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]