10 years ago
August 4, 2015
नेपालका दुई पारा तेक्वान्दो खेलाडी वल्र्ड तेक्वान्दो फेडेरेसन (डब्लुटिएफ) र युङ हे विश्वविद्यालयको पार्टनरसिपमा संचालन भएको विशेष तेक्वान्दो प्रशिक्षणमा सहभागी भइ स्वदेश फर्केका छन् ।
नेपालबाट पहिलो पटक पारा तेक्वान्दो खेलाडीले यस्तो खालको तालिममा सहभागी हुने मौका प्राप्त गरेका हुन् ।
२१ देखि ३० जुलाईसम्म कोरियामा भएको क्याडेड तालिममा नेपालको तर्फबाट सहभागी हुनेमा विश्वराज बराल र सोमबहादुर सुनवार हुन् । सो तालिममा विभिन्न आठ देशका ५० खेलाडीको सहभागीता रहेको थियो । आइतबार राती स्वदेश फर्किएका दुई खेलाडीलाई नेपाल पारा तेक्वान्दो संघका अध्यक्ष जनार्जन ढुंगेल, उपाध्यक्ष मोहन कार्की, भिमसेन केसी, सचिव लोकेन्द्र आचार्य, माधव कोइरालालगायत पारा खेलाडीले स्वागत गरेका थिए ।
तलिममा सहभागी भएर फर्केका बरालले उत्साहित हुादै भने, ‘अब म अपाङ छु भनेर चिन्तित हुन्न । तालिमले मलाई सपाङ जस्तै बनाइदिएकोछ ।’ त्यसैगरि सहभागी अर्का खेलाडी सुनुवारले भने, ‘थु्रपै देशमा हामी जस्ता मान्छे रहेछन्, उनीहरु स्वाभिमानपूर्व खेलीरहेका छन् । नयाा टेक्निक सिकेपछि म उत्साहित भएको छु ।’
नेपालमा अन्य खेलाडीलाई आफूले सिकेको सिकाउने बचत दुवै खेलाडीले दिए । नेपाल पारा तेक्वान्दो संघका अध्यक्ष जनार्जन ढुंगेलले पारा खेलाडीलाई वैदेशिक प्रशिक्षणमा फोकस गर्ने संघको लक्ष्य रहेको बताए । ‘ पारा खेलाडीलाई पूर्ण रुपमा प्रशिक्षत गराएर अन्तर्राष्ट्रियस्तरका खेलाडीहरु उत्पादन गर्नका लागि संघ लागी परेका छ ।’ ढुंगेलले भने, ‘त्यसका लागि बढिभन्दा बढि वैदेशिक प्रशिक्षणलाई फोकस गछौं ।’ उनले पहिलो पटक नेपाली पारा खेलाडीलाई डब्लुटिएफको सो क्याडेड तालिममा सहभागी गराउन सफल भएकोमा खुसी व्यक्त समेत गरे ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]