default_image

10 years ago

December 3, 2015

उमा कुङफु टोली भारत प्रस्थान

162 views

0 Bookmark

आईएमजीसी विश्व कुङफु च्याम्पियनसिपमा सहभागी हुन नेपाली उमा कुङफु टोली बिहीबार भारतको नयाा दिल्लीमा प्रस्थान गरेको छ |

7

डिसेम्बर ४ देखि ६ तारिखसम्म सञ्चालन हुने प्रतियोगितामा श्रृष्टि श्रेष्ठ, युक्ता युवा, श्रद्धा सुब्बा, मन्जिता तामाङ, सूर्य लामा, नवीनबहादुर सारु, मदन विश्वकर्मा, विकास लामा, लक्ष्मण चौलागाईं, राम चौलागाईं, सागर तामाङ, यज्ञराज घले, चिराग पौडेल, राम नेपाली तथा रविन्द्र मगरले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेंछन् ।

टोली नेतामा नेपाल उमा कुङफु संघका सचिव सिद्धार्थ लामा तथा अफिसियलमा सुकमान लामा र मोतीप्रसाद अधिकारी रहेका छन् । सिद्धार्थ भने बुधबारै दिल्ली गइसकेका छन् ।

टोलीलाई उमा कुङफु संघका अध्यक्ष उद्धव थापा मगर, महासचिव अनिमेशलाल श्रेष्ठ र सदस्य सन्जितकुमार राईले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल बिदाइ गरे ।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.