default_image

10 years ago

December 20, 2015

करातेमा पदक जित्न सफल खेलाडी पदक विजेता सम्मानित

199 views

0 Bookmark

काठमाडौं, पुस ४ गते ।

दोश्रो थानेश्वर राई खुला अन्तर्राष्ट्रिय करातेमा पदक जित्न सफल आफ्ना खेलाडीलाई नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुख शाखा डोजा, बुढानीलकण्ठले शनिबार नगदसहित सम्मान गरेको छ ।

karate player sammanit

मंसिर २४ देखि २५ गतेसम्म झापाको सनिश्चरेमा भएको प्रतियोगितामा नेपालको उत्तरी प्रमुख शाखा डोजा, बुढानीलकण्ठ ४ स्वर्ण, ३ रजत र ५ कांस्यसाथ टिम उपविजेता बनेको थियो ।

सुष्मा तामाङ, अविनाश चौधरी, वीरबहादुर वाइबा र रोहित बुढाथोकीले स्वर्ण जितेका थिए । सुष्मा महिलातर्फ उत्कृष्ट खेलाडी पनि घोषित भएकी थिइन् । किरण तामाङ, सुजन श्रेष्ठ र सनम लामाले रजत हात पारेका थिए । किरणले किक बक्सिङमा पनि कांस्य जिते । त्यस्तै सुशील पौडेल, रोशनी तामाङ, राकेश ठकुरी र पारुहाङ राईले कांस्य हासिल गरे ।

सो प्रतियोगतामा रेफ्रीको भूमिका निर्वाह गरेका सानुबाबु तामाङ र सेशुका राई, टिम प्रशिक्षक प्रेमलाल बमजन र व्यवस्थापक दिनेश सिवाकोटीलाई पनि सम्मान गरियो । स्वर्णलाई २ हजार ५ सय, रजतलाई २ हजार र कांस्यलाई १ हजार ५ सय नगदसहित सम्मान पत्रबाट सम्मान गरिएको थियो ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्ट, करातेका संस्थापक थानेश्वर राई, नेपाल कराते महासंघका अध्यक्ष पुरेन्द्रविक्रम लाखे र महासविच केदारबाबु सिवाकोटी, डोजोका अध्यक्ष बालकृष्ण श्रेष्ठ र उपाध्यक्ष प्रकाश श्रेष्ठलगायतले सम्मान गरे । त्यसै अवसरमा सदस्य–सचिव विष्ट र नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि सम्मानित भए ।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.