10 years ago
December 21, 2015
काठमाडौं, पुस ६ गते ।
भारतमा हुने १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी हुने उसु खेलाडीको छनोट सोमबार पूरा भएको छ । नेपाल उसु संघद्वारा आयोजित राष्ट्रव्यापी खुला छनोट उसु प्रतियोगताबाट सान्सौंतर्फ ६ पुरुष र ३ महिला गरी ९ खेलाडी छनोट भए । थाउलोतर्फ समान ४–४ पुरुष/महिला गरी ८ खेलाडी छानिएका छन् । प्रत्येक स्पर्धामा पहिलो भएका खेलाडी छनोट भएका हुन् ।
सान्सौं र थाउलो दुवैमा मिलाएर नेपाल आर्मी क्लबबाट सर्वाधिक ८ खेलाडी छनोट भएका छन् । आर्मीका प्रशिक्षकमा राजिव महर्जन हुन् ।
सान्सौंको पुरुष ५२ केजीमा १० औं सागका स्वर्ण विजेता भक्तपुरका राजकुमार रसाइली, ५६ केजीमा कैलालीका राजेश चौधरी, ६० केजीमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबका मंगलप्रसाद थारु, ६५ केजीमा बााकेका सरोज पुन, ७० केजीमा आर्मीका चित्रसिंह ठकुरी तथा ७५ केजीमा काठमाडौंका धनवीर महर्जन छनोट भए ।
सान्सौंकै महिला ५२ केजीमा कास्कीकी झरणा गुरुङ, ६० केजीमा नेपाल प्रहरीकी जुनी राई र ७० केजीमा आर्मीकी विन्दु पुन मगर छानिए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को ओलम्पियन सेमी कभर्डहलमा भएको प्रतियोगिताको थाउलोतर्फ पुरुष नान छ्वान/नान कुन सुमा एपीएफका युवराज थापा तथा महिला नान छ्वान/नान ताउ सुमा आर्मीकी निमा घर्ती मगर पहिलो भए । थाइची छ्वान/थाइची चियन सुको पुरुषमा आर्मीका हरिप्रसाद गोले र महिलामा आर्मीकी सविता राईले सागमा सहभागिता पक्का गरे ।
त्यस्तै पुरुष कुन सु/ताउ सुमा आर्मीका विश्व बुढा मगर तथा महिला चेन सु/छियन सुमा आर्मीकी ओशिन राई छानिएका छन् । छान छ्वानको पुरुषमा आर्मीका विजय थापा सिन्जाली र महिलामा एपीएफकी सुष्मिता तामाङ पहिलो दिन नै छनोट भइसकेका छन् ।
तीनदिने प्रतियोगितामा १ सय १५ खेलाडीले प्रतिस्पर्धा गरेको उसु संघले जनाएको । प्रतियोगतामा प्रहरीले पहिलोपटक उसुमा प्रतिस्पर्धा गरेको प्रहरीका प्रशिक्षक श्याम लामाले जनाएका छन् ।
१० औं संस्करणदेखि उसु सागमा पहिलोपटक समावेश गराइएको थियो । त्यसबेला उसुले २ स्वर्ण जितेका थियो । ११ औंमा पनि उसुले नेपाललाई २ स्वर्ण दिलाइसकेको छ ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]