10 years ago
January 5, 2016
काठमाडौं, पुस २१ गते ।
दोश्रो तथा अन्तिम दिन मंगलबार दस खेलाडी छनोट गर्दै भारतमा माघ–फागुनमा हुने १२ औं दक्षिण एसियाली खेलकुदका लागि तेक्वान्दो छनोट प्रतियोगिता सम्पन्न भएको छ । दोश्रो दिन आ–आफ्नो तौलसमूहमा पहिलो भएका ८ पुरुष र २ महिला खेलाडी छनोट भए ।
सागमा तेक्वान्दोबाट ८ पुरुष र ५ महिला गरी १३ खेलाडी सहभागी हुने छन् । पहिलो दिन सोमबार ३ महिला खेलाडी छनोट भएका थिए । ६२ केजीमुनि राष्ट्रिय टिमकी आयशा शाक्या, ४९ केजीमुनि नेपाली सेनाकी यानकुमारी चौलागाईं र ४६ केजीमुनि नेपाल प्रहरी क्लबकी रेजिना कार्की छनोट भइसकेका छन् ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको लुम्बिनी हलमा भएको छनोट प्रतियोगिताको पुरुष ८७ केजीमाथि सेनाका प्रेमबहादुर बुढाथोकी पहिलो भए । उनले फाइनलमा सेनामा आबद्ध राष्ट्रिय टिमका पूर्णसिंह गुरुङलाई ६–१ ले पराजित गरे । ६८ केजीमुनि मध्यमाञ्चलका मोहम्मद वेशले बाजी मारे । उनले फाइनलमा प्रहरीका जेम्स प्रधानलाई १८–९ ले हराए । ६३ केजीमुनि प्रहरीका वीरबहादुर महराले फाइनलमा मध्यमाञ्चलका अजय गुरुङको चुनौती समाप्त पार्दै शीर्ष स्थान हात पारे ।
पुरुषकै ५८ केजीमुनि पश्चिमाञ्चलका सुनील पौडेल, ५४ केजीमुनि एपीएफका चन्द्रबहादुर राना मगर, ७४ केजीमुनि प्रहरीका निश्चलमान श्रेष्ठ, ८० केजीमुनि सेनामा आबद्ध राष्ट्रिय टिमका सक्षम कार्की तथा ८७ केजीमुनि सेनामा आबद्ध राष्ट्रिय टिमका रामहरि महतले सागमा स्थान सुरक्षित गर्न सफल भए ।
निर्णायक भिडन्तमा सुनीलले प्रहरीका रञ्जन श्रेष्ठ, चन्द्रले मध्यमाञ्चलका शेखर उप्रेती, निश्चलले एपीएफका भरत बोहरा, सक्षमले प्रहरीका अनुज पुजारी तथा रामले प्रहरीका दुर्गा थापालाई निराश पारे ।
महिलाको ५७ केजीमुनि सेनामा आबद्ध राष्ट्रिय टिमकी ज्ञानी चुनारा पहिलो भइन् । ज्ञानीले रेणु लामाको यात्रा १५–२ ले पूर्णविराम लगाइन् । ५३ केजीमुनि प्रहरीकी निमा गुरुङले शीर्ष स्थान कब्जा गरिन् । निमाले फाइनलमा सेनाकी नम्रता तुलाधरलाई १९–११ ले पन्छाइन् ।
खेलाडीको बन्द प्रशिक्षण बुधबारदेखि सुरु हुने नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं छनोट समितिका संयोजक टेकराज जोशी (प्रदीप) ले जनाएका छन् । दुईदिने छनोटमा ७२ पुरुष र ४५ महिला गरी १ सय १७ खेलाडीले विभिन्न १३ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]