10 years ago
January 13, 2016
काठमाडौ । हङकङमा भएको २० औं एसियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा निशा रावलले स्वर्ण जितेका छिन् । उनिसगौ हङकङमा नै बस्दै आएका नेपाली तेक्वान्दो खेलाडी मिसन कुमार राजकोटीले कास्य पदक हात पारे ।
तेक्वान्दो प्रशिक्षक राजु खड्काको प्रशिक्षणमा रहेका राजकोटीले ५८ के.जी तौल समुहमा कास्य पदक जितेका हुन् । राष्ट्रिय टिमकी खेलाडी निशाले भने महिलाको ७३ केजीमुनि निशा रावलले नेपाललाई एक मात्र स्वर्ण दिलाइन् ।
मिसनको पदकसगौ नेपालले ५ पदक जितेको छ । नेपालले १ स्वर्ण र ४ कांस्य गरी ५ पदक जितेको टोली नेता नोर्बु लामाले जनाएका छन् । त्यस्तै महिलाको ६२ केजीमुनि संगीता बस्याल र ३६ केजीमुनि संगीता तिमल्सिनाले कांस्य प्राप्त गरे । त्यस्तै पुरुषको ३३ केजीमुनि पुजन खड्का तथा ६८ केजीमुनि विकेश विडारीले कांस्य जिते । प्रतियोगिता जनवरी ९ र १० तारिखमा भएको थियो ।
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।
November 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]