10 years ago
January 30, 2016
काठमाडौं, माघ १६ विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) ले गत १२ बैशाखको भुकम्पले प्रभावितलाई नेपालमा सहयोग गर्ने भएको छ ।
नेपाल भ्रमणकमा रहेका महासंघ अध्यक्ष डा. छुङवोन छाले ‘तेक्वान्दो ह्युमेनटेरियन फाउन्डेसन पाइलट प्रोजेक्ट र नेपाल अर्थक्वेक बिलिफ प्रोग्रामको बारे जानकारी गराउदै सो कुरा उल्लेख गरेका हुन् । सन् २०१५ मा तेक्वान्दो खेलले फड्को मारे पछि मानबीय सम्बेदनाको क्षेत्रमा पनि सक्रिय हुनु पर्छ भन्ने सोच सहित यो परियोजना अघि बढेको महासंघका अध्यक्ष छोले बताए ।
उनले जोर्डन र नेपाल पहिलो चरणमा परेको बताए । साथै उनले सन् ८० को दशकमा उत्कृष्ट लयमा रहेको नेपाली तेक्वान्दोले फेरी फड्को मार्ने बिश्वास ब्यक्त गर्दै महासंघ यसमा सकरात्मक रहेको प्रतिक्रिया दिए । महासंघका अध्यक्ष छोले सुरुमा २०० जना तेक्वान्दो खेलाडीलाई सहुयोग गरे पनि दिर्घकालीन योजना बनाइने जानकारी दिए ।
छोले महासंघले आप्रबासीका लागि पनि ओलम्पिकको ढोका खोल्ने निती बनीसकेको र यो क्रममा अन्तराष्ट्रिय ओलम्पिक कमिटी पनि सहयोगी रहेको बताए । नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकास समसेर राणले भुकम्प पछि नेपालले राखेको प्रश्ताबलाई महासंघले स्वीकार गरेको बताए ।
संघका महासचिव दिपराज गुरुङले महासंघको सहयोग महत्वपूर्ण हुने बताए । हाल छो सहित अफ्रिकन तेक्वान्दो युनियनका अध्यक्ष अहमद एलफोली, युरोपियन तेक्वान्दो युनियनका अध्यक्ष अत्हाना सियोस प्रागालोस, ओसिएना तेक्वान्दो युनियनका अध्यक्ष जोन कोत्सीफास, एसियाली तेक्वान्दो युनियनका अध्यक्ष क्यु सियोक लि, तेक्वान्दो महासंघका डाइरेक्टर जेनरल रोजर पियारुली, तेक्वान्दो महासंघका सल्लाहकार चाङसिन चोइसहितको टोली नेपालमा रहेको छ ।
उक्त टोलीले सिन्धुपाल्चोकका भूकम्पपी पीडितलाई राहत वितरणगर्ने कार्यक्रम रहेको छ । त्यस्तै पोखरामा हाइ अल्टीच्यूटमा हुने पुम्से प्रतियोगिताको स्थलगत निरीक्षण पनि गर्ने नेपाल तेक्वान्दो संघले जनाएको छ ।
December 18, 2025
काठमाडौं (हाम्रो खेलकुद) – रिभेरा इन्टरनेसनल एकेडेमीले पाँचौं एसियन युथ पारा खेलकुदको तेक्वान्दोमा कास्य पदक जितेकी रेनु तामाङलाई बिहीवार १० हजार रुपैयाँ सहित सम्मान गरेको छ । सोही अवसर उनका प्रशिक्षक कविराज नेगी लामा पनि सम्मानित भए । उनीहरुलाई रिभेराको स्पोर्टस् मिटका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक ओलम्पियन दिपक विष्ट, […]
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]