default_image

7 years ago

August 7, 2018

रुबिका र चाउची आइटिएफ वर्ष उत्कृष्ट खेलाडी

150 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी रुबिना खड्का र चाउची डंगोल आईटिएफ बर्ष उत्कृष्ट खेलाडी घोषित भएकी छन् ।
नेपाल इन्टरनेश्नल तेक्वान्दो(आईटिएफ)को २१ औं स्थापना दिवसका अवसरमा आयोजना गरेको अवार्डमा रुबिका र चाउची आइटिएफ वर्ष उत्कृष्ट खेलाडी घोषित भएको हो ।

दुवै सम्मानित खेलाडीले सर्लाहीमा सम्पन्न सिनियर राष्ट्रिय आईटिएफ प्रतियोगिता र १५ औ सिनियर तथा ९ औं राष्ट्रिय आईटिएफ प्रतियोगितामा स्वर्ण जितेका थिए । त्यस्तै हालै नेपालमा सम्पन्न दक्षिण एशियन आमन्त्रीत अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा रुबिनाले ३ स्वर्ण जितेकी थिईन भने चाउचीले २ स्वर्ण जितेका थिए ।

भक्तपुरका आशिष कार्की उत्कृष्ट प्रशिक्षक चुनिए । दक्षिण एशियन प्रतियोगितामा नेपाललाई टिम च्याम्पियन बनाउदा उनले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । काभ्रे जिल्ला आईटिएफ संघले उत्कृष्ट जिल्लाको उपाधि हात पा¥यो । पुरस्कृत सबैले नगद ५ हजार र सम्मानपत्र प्राप्त गरे ।

नेपाल आईटिएफ संघमा योगदान दिने ब्यक्तित्वहरुलाई पनि संघले सम्मान गरेको छ । नेपाल आईटिएफका संस्थापक अध्यक्ष राजकुमार थापा, नेपाल मार्शल आर्टस् गेम्स कमिटिका अध्यक्ष एवंम् नेपाल आईटिएफका उपाध्यक्ष कल्पदिप राई सम्मानित भएका छन् । त्यस्तै दक्षिण एशियाली आईटिएफ महासंघ अनुशासन कमिटिको अध्यक्षमा चयन भएकोमा नेपाल आईटिएफकी महासचिव अन्जु राउतलाई पनि संघले सम्मान गरेको छ ।

उत्कृष्ट खेलाडी तथा अन्य विजयीलाई पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, राष्ट्रिय खेलकुद परिषद्का सदस्य बद्री अधिकारी, अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिवकुमार कोईराला, नेपाल आईटिएफका अध्यक्ष अन्जन धमलालगायतले उत्कृष्ट खेलाडीलाई सम्मान गरे ।

November 28, 2025

एरिका कराते विश्व च्याम्पियनसिपको नकआउट चरणमा

काठमाडौं (हाम्रो खेलकुद)- एसियाली‌ खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्।‌ त्यसअघिको […]

November 28, 2025

न्युजिल्यान्डमा ४ उसु खेलाडीले जिते स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद )- न्युजिल्यान्डमा भएको ‘उसु हिरोज’ प्रथम अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा नेपालले ४ स्वर्ण जितेको छ । विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामाले स्वर्ण जितेको नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जनले जनाएका छन् ।

November 27, 2025

कराते विश्व च्याम्पियनसिप – सानुमाया सबै खेलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद)- करातेकी खेलाडी सानुमाया थिङले इजिप्टमा आज सुरु हुने डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपमा एकल कातामा खेलेका सबै ३ प्रतिस्पर्धामा हार बेहोरेकी छिन् । पहिलो खेलमा सानुमाया कोलम्बियाकी खेलाडी मचादो भ्यालेन्टिना जापातासँग हारिन् । सानुमायाले ३६.१ र मचादोले ३८.८ स्कोर गरिन् । अर्को खेलमा सानुमाया आयोजक इजिप्टकी आया हेस्मामसँग ३९.४-३५.६ ले पराजित भइन् […]

Success

Thank you for your time.