10 years ago
February 16, 2016
काठमाडौं, फागुन ४
नेपालमा आयोजना भएको आठौं सागदेखि स्वर्णपदक प्राप्त गर्दै आईरहेको तेक्वान्दो १२औं दक्षिण एशियाली खेलकुदमा स्वर्णविहीन हुँदै घर फर्किने भएको छ ।

प्रतियोगिताको ११ औं दिन सवर्णपदकको लागि भएको खेलमा तेक्वान्दोबाट नेपालले ४ रजत पदक प्राप्त ग¥यो ।
महिलाको ५३ केजी तौल समूहमा निमा गुरुङ्ग भारतीय खेलाडी लतिका भन्डारी संग १६–८ अंकले पराजित हुंदै रजतमा सिमित हुन पुगिन् । उनले आफ्नो तौल समूहको पहिलो खेलमा श्रीलङकाली खेलाडी एस गुणवर्दनेलाई पराजित गरेकी थिईन भने दोश्रो खेलमा अफगानी खेलाडीलाई ६–५ले पराजित गरेकी थिईन् ।
यस्तै ६२ केजी तौल समूहमा सागकी स्वर्ण विजेता आयशा शाक्य भारतीय खेलाडी मार्गेरिता रेगीसंग सर्घर्षपूर्ण पराजय भोग्न बाध्य भईन् । पहिलो र दोश्रो चरणम २–१ले अग्रता लिएकी शाक्यले तेश्रो चरणको खेलमा ३–६को अन्तरमा रहेको अवस्थामा महत्वपूर्ण ३ अंक बटुल्दै ६–६ अंकको बराबरीमा खेल टुङ्गाउँदै गोल्डेन प्रतिस्पर्धामा खेललाई पु¥याईन् । गोल्डेन अंकको लागि भएको खेलमा उनले रेगीलाई ०–३ अंक दिंदै स्वर्णबाट बञ्चित हुन पुगिन् ।
सिलोङ्गको नेगरिम्स कभर्डहलमा भएको पुरुष तर्फको ८० केजी तौल समूहमा सक्षम कार्की भारती खेलाडी नवजित मानसंग पराजित हुंदै रजतमा खुम्चिए । उनी नवजित संग ७–१ अंकले पराजित भए । उनले अफगानिस्तानका खेलाडी जि. काफायातुल्लाहलाई २–० र भुटानी कुसुङ्ग वाङ्गदीलाई १०–३ले पराजित गरेका थिए ।
यस्तै पुरुषको ६३ केजीमा वीरबहादुर महरा अफगानी अहमद अली बक्सिसंग पराजित भए । श्रीलङकाका दिलान संजिवा र भुटानका छिमी वाङ्गचुकलाई पराजित गरेका उनी बक्सिसंग ९–१२ अंकले पछि पर्दै रजत पदकलाई आत्मसाथ गर्न बाध्य भए ।
यसका साथै तेक्वान्दो ७ रजतका साथै ३ काँस्य पदकमा सिमित हुन पुग्यो ।
December 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – पारा तेक्वान्दो खेलाडी रेनु तामाङले युथ एसियाली पारा गेम्समा के ४४ को ४७ केजी तौल समूह मुनी कास्य पदक जितेकी छिन् । युएईमा भएको प्रतियोगितामा रेनुले बंगलादेशकी नसरीन अख्तरलाई पहिलो राउन्डमा १५- ३ र दोस्रो राउन्डमा १२-० ले हराउँदै सेमिफाइनलको यात्रा तय गरेकी थिइन्। राष्ट्रिय टिम तयारी अन्तर्गत मिसन २०२६ को […]
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
November 28, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एसियाली खेलकुदकी रजत पदक विजेता एरिका गुरुङ इजिप्टमा जारी डब्लुकेएफ २७ औं कराते विश्व च्याम्पियनसिपको अन्तिम १६ मा प्रवेश गर्न सफल भएकी छिन्। महिला ६८ केजी माथि तौल समूहको पुल-७ मा रहेकी एरिका समूह उपविजेता बनेर प्रि-क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएकी हुन्। उनले चिल्लीकी गोन्जालेज लाभिनलाई ५-१ को अन्तरमा पराजित गरिन्। त्यसअघिको […]